सदरलाइनडटकम
२७ साउन, नेपालगन्ज : थारु पत्रकार संघ नेपाल बाँके शाखाले शुक्रबार दर खाने कार्यक्रम गरेको छ । श्रीकृष्ण जन्मअष्टमी तथा थारु समुदायको महान पर्व अटवारी पर्वको पावन अवसरमा संघले भिन्सरिया तथा अटवारी पर्वको दर खाने कार्यक्रम गरेको हो ।
नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यालयमा दिउँसो कार्यक्रमको आयोजना गरिएको थियो । संघका बाँके अध्यक्ष विमला चौधरीका अनुसार थारु समुदायमा श्री कृष्ण जन्मअष्टमीका दिन मनाउने परम्परागत चलन तथा थारु समुदायको पहिरन र परिकारका विषयमा समेत सांस्कृतिक कार्यक्रम झल्कने गरि श्रीकृष्ण जन्मअष्टमी मनाउने परम्परा रहेको छ ।
सो अवसरमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थारु समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान तथा स्वागत गरेका थिए ।
