सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला स्तरिय काभिड–१९ व्यवस्थापन केन्द्र, बाँकेको सोमबारको बैठकले आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखा परेकाले अर्को सूचना नआउदासम्म यी कार्यालय बन्द राख्ने निर्णय गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गको अध्यक्षतामा बसेको सो केन्द्रको बैठकले यी दुई कार्यालयलाई अर्को सूचना नहुँदासम्म बन्द राख्ने गरी शिल गरिएको हो । यी दुबै कार्यालय अत्याधिक जनसम्पर्क हुने कार्यालय हुन ।
सो बैठकले कोरोनाको संक्रमण समाप्त भइनसकेकाले सवै पालिकाले आईसोलेसन सेन्टर र क्वारेन्टाईन यथास्थितिमा राख्न आग्रह गर्दै सबै पालिकाले कम्तीमा एउटा २५–२५ बेडको आईसोलेसन सेन्टर र क्वारेन्टाईन राखिराख्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताए ।
उनले सो बैठकले सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गाराउन प्रचार प्रसार गर्ने निर्णय गरेको छ । प्रहरी प्रशासनदेखि पालिकासम्मलाई यी कार्यमा खटाईने बताए । बैठकले कोभिड–१९ को जोखिम कायमै रहेको कारण जनसम्पर्क बढी हुने तथा सबै सरकारी कार्यालयका प्रमुखलाई पनि स्वास्थ सावधानी अपनाउन निर्देशन दिएको छ ।