साथी शिक्षक मार्फत अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्दै परिवार नियोजन संघ बाँके

रुद्र सुवेदी १८ पुष २०८०, बुधबार १७:१३
 

नेपालगञ्ज  : नेपाल परिवार नियोजन संघ बाँकेले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा साथी शिक्षक मार्फत जनचेतनामुलक कार्यक्रम सञ्चानल गरिएको छ ।

संघले भेस्टोलिट्टोको आर्थिक सहयोगमा साथी शिक्षकहरु परिचालन गरी सो अपाङ्गता भएका व्यक्तिहरुका लागि १८ वटा कक्षा सञ्चालन गरिएको संघका प्रबन्धक रश्मी श्रेष्ठले जानकारी दिईन ।

उनले भनिन–‘ जिल्लाका आठ वटै पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी भेस्टोलिट्टोका आर्थिक सहयोगमा उनीहरुलाई यौन तथा प्रजनन अधिकारको बारेमा चेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।’

कक्षामा यौन तथा प्रजनन स्वास्थ्यंसंग सम्बन्ध राख्ने विभिन्न विषय वस्तु, परिवार नियोजनको अस्थायी साधन तथा स्थायी बन्धाकरण, सुखी परिवार, एवम उनीहरुको अधिकारका बारेमा जानकारी गराउदै आएको प्रबन्धक श्रेष्ठले जानकारी दिईन ।

जिल्लाका आठ वटै पालिकामा ६ जना साथी शिक्षकले अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा कक्षा सञ्चालन गर्ने गरेको र सो कक्षामा बसेका अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो यौन तथा प्रजनन अधिकारको बारेमा, आफुमाथि हुनसक्ने हिंसाको बारेमा जानकारी पाउन सकेको साथी शिक्षक गौरी रिजाल बताउछिन ।


उनले भनिन–‘ सुरुको दिनमा लजाउने बोल्न हिचकिचाउनेहरु साथी शिक्षकले सञ्चालन गरेको कक्षामा बसेपछि उनीहरुमा भएको परिवर्तन खासगरी किशोर–किशोरीको अवस्थाको बारेमा जन्नेहुनुको साथै प्रजनन स्वास्थ् आफ्नो अधिकार भएको बुझेका छन ।’

उनले आफुहरु कक्षा सञ्चानल गर्द सुरुको दिनमा अत्यन्तै लज्जा बोध गर्नेहरु अहिले कक्षामा सहभागि भएपछि निर्धक्क परिवार नियोजनका अस्थायी साधनको बारेमा कुरा गर्ने आफुले रोजेको साधन प्रयोग गर्ने र त्यसका बारेमा अरुलाई पनि भन्न सक्ने भएको आफुले पाएको बताईन ।

सो कक्षामा सहभागि भएका अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो अधिकारको बारेमा जानकारी लिन सक्ने भएको प्रतिक्रिया दिए । कोहलपुरका दिपेशराज चपाईले कक्षामा सहभागि भएपछि आफ्नो अधिकारको बारेमा, आफुमाथि हुने गरेको विभेद, हिंसाको बारेमा जानकारी पाउन सकेको बताए । उनले यस्तो कक्षा आफुहरु जस्ता लाभग्राहीलाई लक्षित गरी पटक–पटक सञ्चालन गर्न आग्रह गरे ।

अपाङ्गता भएका व्यक्तिहरु कक्षामा सहभागि भएपछि कक्षामा सिकेको कुराले उनीहरुको व्यवहार परिवर्तन गर्नुको साथै आफ्नो हरेक अधिकारको बारेमा भन्न सक्ने भएको लाभग्राहीका अभिभावकको भनाई छ । ‘पहिला केही नबोली चुपलागेर बस्ने नानी अहिले भने बोलेर नथाक्ने भएकी छ । उसले आफ्नो अधिकारको साथै कसैले उसलाई छुदा पनि राम्रो नराम्रो छुट्टयाउन सक्ने भएकी छ’–एक लाभग्राहीका आमाले भनिन ।

बाँकेमा १३ हजार ५ सय २२ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । परिवार नियजन संघ बाँकेले भेस्टोलिट्टोको सहयोगमा बृहद यौन तथा प्रजनन शिक्षाको कार्यक्रमसंगै अस्थायी साधन वितरण, स्थायी बन्ध्याकरण शिबिर, किशोरीलाई महिनावारी हुँदा आवश्यक पर्ने प्याड मास्क समेत वितरण गर्नुको साथै स्वास्थ्य शिविर सञ्चालन गरी ६ सय बढीलाई सेवा प्रवाह गरेको छ ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका १६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी

१८ पुष २०८०, बुधबार १७:१३
नेपालगञ्ज : कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ […]