अथकले पुरा गरेका सात संकल्प

सदरलाइन संवाददाता १ मंसिर २०७९, बिहीबार १३:१९
 

नेपालगञ्ज : २०७४ सालमा पहिलो पटक साँसदमा निर्वाचित भएपछि माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर जंग गहतराज (अथक) ले सात वटा संकल्प गरेका थिए । जसको कार्यान्वयनमा उनी खारो उत्रेका छन । आफुले बोलेका कुरा गरी छाड्ने र सुरु गरेका कामहरु पनि पुरा गरी छाड्ने स्वभाव भएका अथक आफ्नो बचन पुरा गर्न सफल भएका छन् ।

पहिलो कार्यकालकालागी निर्वाचित हुँुदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तिमा २ पटक अन्तरक्रिया गर्ने, यस क्षेत्र विद्यालय भवनबाट टिनको छानो बिस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा बिद्युतीकरण गर्ने बाचा गरेका थिए ।


त्यस्तै जिल्लाको समग्र बिकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पुर्याउने र सिक्टा सिचाईको काम अगाडी बढाउनुका साथै पुर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पु¥याउने जस्ता संकल्प गरेका थिए । आफुले गरेका सबै संकल्प पुरा गरेका अथकले आफ्नो निर्वाचन क्षेत्रमा दिर्घकालीन प्रभाव छाड्ने खालका ठुला योजनाहरु समेत भित्र्याउन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–३ मा सत्तागठबन्धनलाई पछार्दै किस्मत कक्षपति

१ मंसिर २०७९, बिहीबार १३:१९
नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले जितको आधार तय गरेका छन् । क्षेत्र नं. ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आन्तरिक कलहका कारण एमालेको निर्वाचन माहोल दैनिक रुपमा राम्रो बन्दै गएको छ । बर्दियाबाट आएर बाँके–३ मा उम्मेदवारी दिएका किस्मतका […]