जैनसन्त डा. मणिभद्रले भारतको जयपुरबाट सुरु गरेको सर्वोदय शान्ति पदयात्रा नेपालगन्जमा

५ फाल्गुन २०७३, बिहीबार ११:२१
 

सदरलाइनडटकम   
५ फागुन, नेपालगन्ज : जैन समुदायका धर्म गुरु तथा अन्तराष्ट्रिय मानव मिलनका संस्थापक नेपाल केसरी डा.श्रीमणिभद्र मुनीजी महाराजको नेतृत्वमा सुरु भएको सर्वोदय शान्ति पदयात्रा नेपालगन्ज आईपुगेको छ ।
स्याङजाको आरुखर्कमा जामेका जैन सन्त डा.मणिभद्रको नेतृत्वमा गत १८ नोभेम्बरदेखि भारतको जयपुरबाट निस्केको सर्वोदय शान्ति पदयात्रा २५ डिसेम्बरमा भारतको दिल्ली हुँदै २९ जनवरीमा धनगढीबाट नेपाल प्रवेश गरेको जैन समाज नेपालगन्जले जानकारी दिएको छ ।
नेपालगन्जमा समाजद्वारा आयोजना गरिएको पत्रकार भेटका अवसरमा जैन सन्त डा. मणिभद्रले आफ्नो यात्रा विश्व शान्ति र मानव जातिको कल्याणको लागि भएको बताए । उनले आउदो ८ अप्रेलमा नेपालको पोखरामा पुगेर आफ्नो सर्वोदय शान्ति पद्यात्राको समापन गरिने जनाकारी दिए ।
विश्व शान्ति र मानव जातिको कल्याणका लागि जैन सन्तहरु निरन्तर साधना गर्दै समुदायमा प्रवचन दिनुको साथै मानव–मानवका बीचमा रहेको भेदभावलाई हटाउदै भाईचारा र सर्वोहितको प्रवचन दिने कार्यक्रम हुने गरेको जैन समाजका अगुवा तथा उद्योगपति कन्हैयालाल बैद्यले जानकारी दिए ।


जैन सन्त डा.मणिभद्रले जैन दिक्षा लिएपछि हालसम्म ७५ हजार किलोमिटरको पैदल यात्रा गरिसकेको र अझै यात्राकै क्रममा रहेको र सर्वोदय शान्ति पदयात्रा २ हजार किलोमिटरको रहने दुईदिन नेपालगन्जमा विश्रामपछि शुक्रबार कोहलपुरमा बिश्राम रहने र कोहलपुरबाट दाङ्ग तुल्सीपुरको लागि पदयात्रा सुरुहुने जैन समाज सेवी चम्पालाल बोथराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबालिकाको पढाई सिप विकासका लागि टोल पढाई समुहहरु सक्रिय

५ फाल्गुन २०७३, बिहीबार ११:२१
सपना विष्ट/सदरलाइन   ५ फागुन, नेपालगन्ज : बाँकेका सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकालाई पढ्ने सिप बढाउन गठन गरिएका टोल पढाई समुहहरुको सक्रियताको कारण बालबालिकाको पढाई सिपमा सुधार आउने अपेक्षा गरिएको छ । जिल्लाका बालबालिकाको पढाई सिप निकै कमजोर देखिएपछि सो मा सुधार […]

सम्बन्धित