सदरलाइनडटकम
१५ साउन, कोहलपुर : कोहलपुर उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिका लागि आईतबार भएको निर्बाचनको मतदान कार्य सम्पन्न भएको छ । निर्बाचन अधिकृत लोकबहादुर शाहका अनुसार बिहान ८ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका ४ बजे सकिएको हो ।
निर्बाचन अधिकृत शाहका अनुसार १ हजार ४ सय ५७ जना मतदाता मध्ये १ हजार २ सय ६० मत खसेको छ । कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि बिष्णुप्रसाद खनाल र चक्र अधिकारीको प्यानल चुनाबी मैदानमा उत्रिएको थियो ।
दुबै प्यानलले आफनो प्यानलले जित्ने दाबी गरेका छन । निर्बाचन अधिकृत शाहका अनुसार दुबैतर्फको समझदारीमा आईतबार साँझदेखि नै मतगणना कार्य शुरु गरिनेछ । कोहलपुर उद्योग बाणिज्य संघको आफ्नै भवनमा निर्बाचन भएको हो
