‘मेरो आदर्श, मेरो विश्वास’ पुस्तक विमोचन

सदरलाइन संवाददाता १९ आश्विन २०७८, मंगलवार १६:५०
 

नेपालगञ्ज : राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’को मंगलवार विमोचन गरिएको छ ।

राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर डा आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ को नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र प्राध्यापक गोविन्द प्रसाद घिमिरेले संयुक्त रूपमा विमोचन गरेका हुन् ।


आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण गरेका छन् । नेपाली राजनीतिको दुईधारका नायक वीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् ।

क्रियटिभ बुक्सले उक्त पुस्तक प्रकाशन गरेको हो । क्रियटिभ बुक्सले यसअघि ओलम्पियन, समृद्धिको बाटो, पाइला–पाइला, शून्यदेखि करोडपतिसम्म, कप्तान १९९८, चौकीदारदेखि वकिलसम्म, क्यान्टोनमेन्ट पुस्तक प्रकाशन गरिसकेको छ । ‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सको आठौं प्रकाशन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैको लागि देबी दुर्गाको मूर्ती बनाउन कारिगरलाई भ्याई नभ्याई

१९ आश्विन २०७८, मंगलवार १६:५०
नेपालगञ्ज  : हिन्दू समुदायको महान पर्व बडा दशै नजिकिदै गर्दा नेपालगञ्जमा दुर्गाको मुर्ती निर्माणमा मूर्तीकारलाई भ्याई नभ्याई छ । बडा दशैमा देबी दुर्गाको मूर्ती विभिन्न स्थानमा राखेर पूजा आजा गर्ने चलन भएकोले विभिन्न टोल समितिमा दुर्गापूजा समितिले दिएको अर्डर अनुसारको मुर्ती बनाउन नेपालगञ्ज– ८ का छोटु केवटलाई भ्याई नभ्याई छ […]

सम्बन्धित