निर्वाचन केन्द्रको सुरक्षा रणनीति बनाउदै बाँके प्रहरी

२४ जेष्ठ २०७४, बुधबार १४:००
 

सदरलाइनडटकम   
२४ जेठ, नेपालगन्ज : स्थानीय निर्वाचनको सुरक्षाको लागि बाँके प्रहरीले मतदान केन्द्रको संवेदनशिलताको आधारमा तीन तहमा वर्गीकरण गरेर सुरक्षा रणनीति तयार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले बाँकेमा रहेका मतदान केन्द्र तथा स्थलहरुलाई अतिसंवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन तहमा मतदान केन्द्रको वर्गिकरण गरिएको हो ।
बाँकेका प्रहरी प्रमुख एसपी राईले दिएको जानकारी अनुसार २ सय ९५ मतदान केन्द्रमध्ये १ सय १ केन्द्र अतिसंवेदनशिल, ३५ संवेदनशिल र १ सय ५९ सामान्य रहेका छन् । भौगोलिक अवस्था र खुल्ला सीमाना लगायतका कारण सुरक्षा संवेदनशिलता भए पनि बाँके जिल्ला प्रहरी ‘अण्डर’मा रहेको प्रहरी उपरीक्षक राईको दाबी छ ।
‘प्रहरीले मतदान गर्न जाने, ढुक्क भएर भोट हाल्ने र फर्किएर घरसम्म आउने गरी सुरक्षा व्यवस्था मिलाएको जनाएको छ’–उनले भने । जिल्लाका मतदान केन्द्रहरु अपाङ्गमैत्री भए नभएको, पानी परे डुवान हुने नहुने, तारवारको अवस्था लगायत सुरक्षासँग जोडिएका हरेक विषयको गहन अध्ययन गरिएको प्रहरी प्रमुख राईले दाबी गरे । बाँकेका आधादर्जन मतदान केन्द्रमा प्रहरीको सेट सम्पर्क नहुने गरेको भए पनि उनले मोवाइल फोनको सहज सम्पर्क हुने भएकाले खासै चुनौती नरहेको स्पष्ट पारे ।
उनले भने–‘बाँकेका जुनसुकै ठाउँमा घटना भए पनि प्रहरी १० मिनेटमा पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । ढुक्क भएर आ–आफ्नो दलको प्रचारदेखि मतदानसम्म गर्न जान मतदातालाई बाँके प्रहरीको अनुरोध छ । निर्वाचन आचारसंहिता र कानूनले बन्देज गरेका कार्य गर्नेले कुनै छुट पाउने छैनन् ।’
यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राई सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारी लगायतको टोलीले बाँकेका केही मतदान केन्द्रको अवलोकन गरेको छ ।
मतदान केन्द्रको भौतिक अवस्था, प्रवेश र निस्कने ठाँउको अवस्था, अपाङ्गमैत्री भए नभएको र सुरक्षाको अवस्थाबारे जानकारी दिने उद्देश्यले बाँकेका सबै निर्वाचन स्थल र मतदान केन्द्रको अवलोकन गर्ने उद्देश्यले मतदान केन्द्रको अवलोकन गर्न थालिएको जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक समेत रहेका बाँको प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन दिनमा ५ लाख १८ हजारसहित ३ कर्मचारी अख्तियारको नियन्त्रणमा

२४ जेष्ठ २०७४, बुधबार १४:००
भुमि सुधार कार्यालय बाँकेका नासु २० हजार घुससहित पक्राउ सदरलाइनडटकम    २४ जेठ, नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यपश्चिम क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय कोहलपुरले बितेका तीन दिनमा तीनजना कर्मचारीलाई करिव सवा ५ लाख घुससहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । अख्तियारले तीन दिनमा ५ लाख १८ हजार विभिन्न […]