नेपालगन्जमै कम्युटर ईम्बोईडरी सञ्चालनमा

१७ असार २०७६, मंगलवार ११:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्जमा पहिलो पटक कम्युटर ईम्ब्रोईडरी मेसिन भित्र्याईएको छ । मनकामना ईम्ब्रोईडरी उद्योग सेतुबिक चोक नेपालगञ्जले भित्र्याएको सो १२ हेडको मेसिनले विभिन्न ब्राँण्डको लोगो, टाई, कुर्ता सुरवाल, साडी, टि–सर्ट, प्रहरी, सेना, सशस्त्र प्रहरीको दर्जा, तथा चिन्ह, ट्रेयाक सुट आदीमा कम्युटर डिजाईन गरी ईम्ब्रोईडरी गर्न सकिने छ ।

मनोकामना ईम्ब्रोईडरी उद्योगका सञ्चालक गिरिराज पौडेलले नेपालगन्जमा कम्युटर ईम्ब्रोईडरी मेसिनको अभावलाई पूर्ती गर्नको २५ लाखको लगानीमा चाईनाबाट मगाईएको बताए ।

कम्युटर ईम्ब्रोईडरी डिजाईनको लागि बुटवल तथा भारत जानु नपर्ने गरी सेवा दिने र प्रारम्भिक चरणमा दुई दर्जनलाई रोजगार समेत दिने गरी सञ्चालनमा ल्याईएको सञ्चालक पौडेलको भनाई छ ।


सो मेसिनले विभिन्न विद्यालयको टाई, लोगो, ब्याच बनाउनको लागि मद्दत पुग्ने छ । साथै नेपालगन्जमा सञ्चालनमा रहेका विभिन्न गारमेन्टसहरुलाई समेत सहज हुने सञ्चालक पौडेलले दाबी गरे ।

 

Next Post

वर्षाका कारण भारतको मुम्बईमा अठारको मृत्यु

१७ असार २०७६, मंगलवार ११:४०
सदरलाइनडटकम, काठमाण्डौ : भारतको मुम्बईमा सोमवार राती २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फर्नान्डीजले बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने […]