सदरलाइनडटकम
२० असार नेपालगन्ज : नेपाली काँग्रेसले नेपालगन्जमा आफ्ना विजयी उम्मदवार सहित विजयी र्याली निकालेको छ । पार्टी कार्यालयबाट निकालेको सो विजयी र्याली नेपालगन्जका विभिन्न भागहरुमा परिक्रमा गर्ने जनाईएको छ । गत असार १४ गते भएको मतदानमा नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाको उपमेयरसहित ८ वडामा विजयी हासिल गरेको थियो ।
नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रहेकी उमा थापा मगरले १०७३१ मतले विजयी भएकी थिईन उनकी निकटतम प्रतिद्धन्दी राप्रपाकी रमारानी बैश्यले ८७३० मै सिमित रहेकी थिईन ।
यसैगरी वडा अध्यक्षहरुमा वडा नं.२ मा सुनिलसिंह हमाल, १० मा विन्दुभुषण बस्नेत, ११ मा उज्वलसिंह राठौर, १२ मा वुद्धिसागर सुवेदी, १३ मा विरेन्द्रबहादुर शाह, १६ मा मोहम्मद हनिफ जोलाहा, वडा न १९ पर्सुराम कुर्मी, वडा २२ मा विद्याराम वर्मा निर्वाचित भएका छन् ।
