अटवारी पर्वमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

सदरलाइन संवाददाता १० भाद्र २०७९, शुक्रबार १३:४८
 

नेपालगञ्ज : कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो । यसअघि २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो ।


प्रदेश सरकारको मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सो बिदा दिने निर्णय गरेको हो । आइतबारका दिन कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत विष्णुदत्त अवस्थीले बताए ।

तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो । प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डडेल्धुरा र डोटीमा पहिलो पटक लाइसेन्सको ट्रायल हुँदै

१० भाद्र २०७९, शुक्रबार १३:४८
डडेल्धुरा : डडेल्धुरा र डोटीमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ । यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार ट्रायल उदघाटन गर्न लागेको हो । दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उदघाटन गर्ने […]