सुर्खेतमा क्यान्सरका बिरामी बढे

सदरलाइन संवाददाता २८ चैत्र २०७९, मंगलवार १४:१६
 

सुर्खेत : सुर्खेतमा क्यान्सरका बिरामी बढेका छन् । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म जिल्लामा दुई सय ३८ जना क्यान्सरका बिरामी देखिएका छन् । अहिले सुर्खेतका ९ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् । यो वर्ष वीरेन्द्रनगर नगरपालिकाबाट क्यान्सरका ३६ जना बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् ।

यस्तै लेकबेसी नगरपालिकाबाट यो वर्ष ३० जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् ।


उपचारमा सहुलियत पाउन थालेपछि क्यान्सरका बिरामीहरू खुल्न थालेको कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले बताए । उनका अनुसार उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको संख्या पनि वृद्धि भएको छ । उनले परीक्षण गरिएकोमा दैनिक रूपमा ३/४ जना क्यान्सरका बिरामी भेटिने गरेको बताए । उनका अनुसार उपचारका लागि अस्पतालमा आएका झन्डै ३० प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको छ । २० प्रतिशत पुरुषमा समस्या देखिने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैंकले ऋण प्रवाह नगर्दा सटर खाली गर्दै नेपालगञ्जका व्यापारी

२८ चैत्र २०७९, मंगलवार १४:१६
नेपालगञ्ज : नेपालगञ्जका मुख्य बजार क्षेत्रमा धमाधम सटर खाली हुन थालेका छन् । पहिलाको तुलनामा बजारमा रौनक घटेपछि सटर खाली हुन थालेका हुन् । बैंकले ऋण प्रवाह नगर्दा लगानी थप्न नसकिएको र व्यापार अहिले ह्वात्तै घटेकाले सटर बन्द र बिक्रीको सूचना टाँस्नु परेको व्यवसायीले बताएका छन् । घरभाडा निरन्तर तिर्नु […]