संघीय समाजबादी उप–महानगर केन्द्रित प्रचारमा

८ असार २०७४, बिहीबार १९:५८
 

सदरलाइनडटकम
८ असार, नेपालगन्ज : स्थानीय तहको निर्वाचन नजिकै गर्दा संघीय समाजवादी फोरम नेपालले चुनावी अभियानलाई तीब्र पारेको छ । यसक्रममा आफ्नो अभियान नेपालगन्ज उप–महानगरपालिकामा केन्द्रित गदै केन्द्रीय नेताहरु समेत नेपालगन्जमा आएका छन् ।
नेपालगन्जलाई विभिन्न पार्टीले प्रतिष्ठाको विषय बनाउदै केन्द्रीय तहका नेताहरु आई रहदा फोरम नेपालले पनि जीत आफनो पक्षमा बनाउन केन्द्रीय नेताहरु नेपालगन्जमा आएका हुन ।
सघीय समाजवादी फोरम नेपाल बाँकेका प्रवक्ता समसुल हक राईले नेपालगन्ज उप–महानगरपालिकाका २३ ओटा वडाहरुमा घरदैलो अभियानलाई केन्द्रित गदै घरदैलो अभियानमा नै केन्द्रीय तहका नेता मेयर र उपमेयरलगायतका उम्मेदवारका पक्षमा मत माग्दै विजय गराउन मतदाताहरुलाई समेत आग्रह गरेका छन् ।
पछिलो समयमा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको सख्या बढी रहेको फोरम नेपालका जिल्ला प्रवत्ता राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावको चहलपहलसगै जनतामा नयाँ आश थपिदै

८ असार २०७४, बिहीबार १९:५८
सदरलाइन / सरला सुवेदी  ८ असार ,कोहलपुर : पहिलो संविधान सभाबाट निरास भएका जनता दोस्रो संविधान सभाबाट संविधान बनेपछी आशाबादी बनेका छन । संविधान सभाको चुनावताका जनप्रतिनिधिले गरेको विकास निर्माणका बाचाहरु छुटफुट पुरा भएता पनि जनताको तिब्रतर विकासको चाहना आज स्थानीय तहको निर्वाचनमा प्रस्फुटन भएको छ । सडक, ढल निकास, […]