विकास र स्थायीत्वका लागि बाम उम्मेदवारलाई भोट

३० कार्तिक २०७४, बिहीबार २१:३४
 

सदरलाइनडटकम
३० कात्तिक, नेपालगन्ज : बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकायले आसन्न निर्वाचनमा बामगठबन्धनको बहुमत आउन कुनै पनि शक्तिले रोक्न नसक्ने धारणा राखेका छन् ।
बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत बुधबार बनकटुवामा भएको सभालाई सम्बोधन गर्दै रोकायले विकासका लागि राजनीतिक स्थायीत्व जरुरी भएको बताउदै बामपन्थीको नेतृत्वमा मात्रै अब स्थायी सरकार बन्ने अवस्था भएको बताए ।
प्रदेशसभाका उम्मेदवार आईपी खरेलले विकास र अधिकारका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । कार्यक्रममा पुर्ब राज्यमन्त्री समेत रहेका निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले सडक स्तरउन्नतीलाई बामपन्थी उम्मेदवारले पहिलो प्राथमिकतामा राखेको बताए ।
उनले सडकसँगै, पुल निर्माण र सिचाईमा पनि उल्लेख्य ध्यान दिइने बताए । कार्यक्रममा निर्वाचन परिचालन कमिटीका सचिवालय सदस्य डम्बर विक तुफान, क्षेत्रीय निर्वाचन परिचालन कमिटीका सहसंयोजक शालिकराम खडका,सचिव रत्न खत्री लगायतले विकासका लागि बाम उम्मेदवार रोज्न अपिल गरे । कार्यक्रममा एमाले वडा कमिटीका अध्यक्ष मानबहादुर खत्रीको अध्यक्षतामा भएको थियो ।


यसैबीच निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश २ को आयोजनामा खजुरा ३ को भेला बुधबार सम्पन्न भएको छ । भेलामा प्रदेशसभाका उम्मेदवार बाबुराम गौतमले बाम गठबन्धनको बिजयी निश्चित भईसकेको बताए ।
उनले क्षेत्रको सम्पुर्ण विकासका लागि बाम गठबन्धनको पक्षमा प्रचारात्मक अभियानमा जुटन निर्देशन दिए । उनले २०४८ सालदेखि निरन्तर सत्तामा रहेको काँग्रेसले देशको अवस्था नाजुक बनाएकोले स्थायीत्व र विकासको लागि बाम गठबन्धनको विकल्प नभएको उनको भनाई रहेको थियो । यसैगरी प्रदेश २ को साईगाउँ र परस्पुरमा पनि सोमबार बाम गठबन्धनको भेला सम्पन्न भएको छ ।


   

 

Next Post

सुशील कोईरालाको क्षेत्र राप्रपालाई दिएको विरोधमा निबर्तमान सांसद सिद्दिकीले पार्टी सभापति देउवालाई के भने (भिडियो सहित)

३० कार्तिक २०७४, बिहीबार २१:३४
सदरलाइनडटकम ३० कात्तिक, नेपालगन्ज : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व। सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिएको भन्दै बाँके काँग्रेसका प्रभावशाली नेताहरु रुष्ट हुँदै राप्रपाका लागि मत नमाग्ने बताएका छन् । स्व। कोईरालाको निर्वाचन क्षेत्र रहेको बाँकेको प्रतिनिधि सभाको क्षेत्र नम्बर २ ९पुरानो क्षेत्र नं। ३० मा काँग्रेसले […]