लापरबाहीका कारण दाङमा एचआईभी संक्रमित बढ्दै

सदरलाइन संवाददाता १६ मंसिर २०८०, शनिबार १४:३६
 

दाङ : मानवीय लापरबाहीका कारण दाङमा पछिल्लो समय एचआइभी संक्रमण बढ्न थालेको छ । अघिल्ला तीन चार वर्षमा न्यूनीकरण हुन थालेको एचआईभी संक्रमितको संख्या पछिल्लो समय पुन ः बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयय दाङले जनाएको छ ।

दाङमा एचआईभी संक्रमितको संख्या ४ सय ५ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जसमध्ये २ सय १२ पुरुष, १ सय ८७ जना महिला र ६ तेश्रोलिंगी समुदायका संक्रमित रहेको कार्यालयका निमित्त प्रमुख डम्बरबहादुर कुँवरले जानकारी दिए । जसमा १७ जना बालबालिका रहेका छन् ।

उनका अनुसार जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ६७ जना पुरुष, ५५ महिला र ३ जना अन्य गरी १ सय २५ जना एचआईभीका संक्रमित रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ६१ पुरुष, ४४ महिला र १ जना अन्य गरेर १ सय ६ जना, लमही नगरपालिकामा १६ जना पुरुष, १३ जना महिला र २ जना अन्य गरेर ३१ जना, राप्ती गाउँपालिकामा १४ जना पुरुष र १७ जना महिला गरी ३१ जना, बबई गाउँपालिकामा १२ जना पुरुष र १७ जना महिला, बंगलाचुली गाउँपलिकामा १६ जना पुरुष र १० जना महिला गरी २६ जना, शान्तिनगर गाउँपालिकामा ८ जना पुरुष र ७ जना महिला गरेर १५ जना, दंगीशरण गाउँपालिकामा ९ जना महिला र ४ जना पुरुष गरेर १३ जना, राजपुर गाउँपलिकामा १० जना पुरुष र ६ जना महिला गरेर १६ जना र गढवा गाउँपालिकामा महिला र पुरुष ३÷३ जना गरेर ६ जनामा एचआईभी संक्रमित रहेको कुँवरले जानकारी दिए ।


सल्यान घरभई दाङमा बसोबास गर्ने १ जना पुरुष र ५ जना महिला गरेर ६ जना र प्युठान निवासी १ जना महिलामा पनि एचआईभी संक्रमण देखिएको छ । जसमध्ये चालु आर्थिक वर्षको चार महिनामै ४० जना एचआईभी संक्रमित थपिएको कार्यालय प्रमुख कुँवरले बताए ।

जिल्लामा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा संक्रमितको नियमित स्वास्थ्य परिक्षणसँगै औषधि उपचार गर्ने काम भइरहेको प्रतिष्ठानकी एआरटी काउन्सिलर तारा बिसीले बताइन् । उनका अनुसार एचआईभी संक्रमितका लागि जिल्लामा दुई वटा एआरटी सेन्टर (एन्टिरेक्ट्रो भाइरल थेरापी केन्द्र) रहेका छन् । संक्रमितमध्ये घोराहीमा २ सय ५८ र तुलसीपुरमा १ सय ४७ जनाले नियमित सेवा लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्य पार्टीबाट मुलुकमा विकास र समृद्धी सम्भव छैन : एमाले अध्यक्ष ओली

१६ मंसिर २०८०, शनिबार १४:३६
अछाम :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी बाहेक अन्य पार्टीबाट मुलुकमा विकास र समृद्धी सम्भव नभएको बताएका छन् । मध्य पहाडी लोकमार्ग पदयात्राको क्रममा अछाम सदरमुकाम मंगलसेनमा आयोजित जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अन्य पार्टीले वितण्डा मात्रै मच्चाएको तर, विकास नगरेको बताएका हुन् […]

सम्बन्धित