सामाजिक अभियन्ता अधिवक्ता पराजुलीलाई भारतको नयाँ दिल्लीमा अन्तराष्ट्रिय सम्मान

सदरलाइन संवाददाता २६ मंसिर २०७८, आईतवार १३:२०
 


नेपालगञ्ज : सामाजिक क्षेत्रमा विषेश योगदान पुराए वापत अन्तर्राष्ट्रिय ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सामाजिक अभियन्ता तथा अधिवक्ता मीना पराजुली भारतको नयाँ दिल्लीमा सम्मानित भएकी छन ।

बालबालिका, महिला र सिमान्तकृत समुदायको अधिकारको क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर क्रियाशिल रहेकी पराजुली आफ्नो कार्यकालको अधिकांश समय पश्चिम नेपालको खासगरी विकट जिल्ला मुगु, जुम्ला, कालिकोट, डोल्पा, रुकुम, रोल्पा, बाजुरा, डोटी, अछामलगायतमा कर्मथलो बनाई क्रियाशिल रहेकी उनलाई भारतीय दलित साहित्य एक्याडमीले सम्मान गरेको हो ।


भारतको राजधानी नयाँ दिल्लीमा गत डिसेम्बर ११ तारिखको दिन भारतीय दलित साहित्य एक्याडमीको ३७औ साधारण सभाको अवसरमा आयोजित भब्य सभामा उनलाई सम्मान गरेको हो । हाल प्लान नेपालको सुर्खेत कार्यालयमा कार्यरत रहेकी छन् ।

सम्मान प्राप्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिदै उनले भनिन–‘ लामो समयदेखि महिला, बालबालिका, तथा सिमान्तकृत समुदायको अधिकारको क्षेत्रमा पैरवी गरेको कार्यको मुल्याङ्कन भएको महशुस गरेकी छु । यस सम्मानले कार्य क्षेत्रमा लाग्नको लागि थप उर्जा र उत्साह थपेको अनुभव गरेकी छु । अझ जिम्मेवारी थपिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके युनेस्को क्लबकर्मी दुईजनालाई दिल्लीमा अन्तराष्ट्रिय पुरस्कार

२६ मंसिर २०७८, आईतवार १३:२०
नेपालगञ्ज  :  बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई समाज सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अक्याडमी दिल्लीले डा अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ । भारतीय दलित साहित्य अक्याडमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका […]