निर्वाचन कुनै पनि हालतमा सर्दैन, एमाले जिताउने अभियानमा लाग्नुहोस –ओली

२८ जेष्ठ २०७४, आईतवार १५:०२
 

सदरलाइनडटकम       
२८ जेठ, नेपालगन्ज : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १४ गते तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति कुनै पनि हालतमा परिवर्तन हुन नसक्ने ठोकुवा गरेका छन् ।
नेकपा एमाले बाँकेले आईतबार नेपालगन्जमा आयोजना गरेको नेपालगन्ज उप–महानगरपालिकाका उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष ओलीले भने–‘असार १४ गते तोकिएको निर्वाचनको मिति अव कुनै पनि हालतमा वरपर सर्नेवाला छैन्।’
अध्यक्ष ओलीले नेकपा एमाले सामाजिक सद्भाव, समृद्धि र राष्ट्रिय एकताको पक्षमा भएको बताउदै नेपालगन्जबासीले सामाजिक सद्भावका पक्षमा खेलेको भूमिका सह्राना गर्दै मुस्लिम नेता सम्सुद्दिन सिद्दिकीलाई प्रमुख र महिला नेतृ शान्ति ढकाललाई उपप्रमुखको उम्मेदवार बनाएको बताए ।
उनले भने–‘एमालेले मुस्लिम समुदायबाट प्रमुखको उम्मेदवार दिएपछि अन्य पार्टीलाई जिताउन र एमालेलाई हराउन डुप्लीकेट मुस्लिम उम्मेदवार मैदानमा ल्याउनेछन समयमै मुस्लिम समुदाय सचेत हुनुहोला ।’ अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीको रुपमा आउन सकेको बताउदै दोस्रोचरणमा झनै राम्रो नतिजा आउने दाबी गरे ।
उनले तराई मधेसमा निर्वाचन नहुँदासम्म एमाले बढारिने बताउदै वास्तविक तागत असार १४ पछि सबैले बुझ्ने गरी देखिने बताए । एमालेलाई निर्वाचनमा हराउनका लागि चौतफी घेराबन्दी गरिएको भन्दै अध्यक्ष ओलीले एमाले बिरुद्धका भ्रम र षडयन्त्र चीर्न आम एमाले कार्यकर्ता सक्षम र चनाखो हुनुपर्ने बताए । उम्मेदवारी घोषणामा कुनै ठाउँमा असन्तुष्टी भएपनि पार्टीको पक्षमा खटिन उनले निर्देशन दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष भरतपुरमा एमाले उम्मेदवारले जित्न लागेको अवस्थामा षडयन्त्रपूर्ण र योजनाबद्धरुपमा उम्मेदवारका प्रतिनिधीले मतपत्र च्यातेको दावी गरे । एमाले अध्यक्ष ओलीले पार्टीले पहिलो चरणमा पाएको सफलतालाई कायम राख्नको लागि अवका दुईहप्ता भोकप्यास, गर्मी र थकाई विर्सेर पार्टीका लागि सबै एकजुट भई खट्न आग्रह गरे । उनले भने–‘टिकट जसले पाए पनि पार्टीको लागि काम गर्ने हो सबै मतभेद विर्सेर पार्टीको लागि अवको दुईहप्ता एक भएर लाग्नुहोस पार्टीका सबै उम्मेदवार जिताउन आ–आफ्नो तर्फबाट खटिनुहोस यो निर्देशन समेत हो ।’ उम्मेदवारी घोषणामा कुनै ठाउँमा असन्तुष्टी भएपनि पार्टीको पक्षमा खटिन उनले निर्देशन दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरमा एमालेको प्रचार अभियान तीब्र

२८ जेष्ठ २०७४, आईतवार १५:०२
सदरलाइनडटकम   २८, जेठ, नेपालगन्ज : स्थानीय तहको निर्वाचनको तिथि नजिकिदै गर्दा एमाले बाँकेले आ–आफ्ना उम्मेदवार सहित आफ्नो पक्षमा मत माग्दै घरदैलो र मतदाता भेटघाटलाई तीब्र बनाएको छ । एमालेका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकामा मेयरका उम्मेदवार समशुदिन सिद्दिकीले आईतबार बिहान एमाले पार्टी कार्यालय परिसरमा उम्मेदवार घोषणा तथा परिचय कार्यक्रम पछि उप–मेयर […]