नेपालगन्जमा के भनेर मत मागिन रञ्जु दर्शनाले भिडियोसहित

१५ मंसिर २०७४, शुक्रबार १८:४७
 

सदरलाइनडटकम  
१५ मंसिर, नेपालगन्ज : शुक्रबार बिबेकशील साझा पार्टीले बाँकेका दुई निर्वाचन क्षेत्रमा चुनावी सभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा चर्चित युवा नेतृ रञ्जु दर्शनालाई प्रमुख बक्ता बनाएर क्षेत्र नम्वर २ को त्रिभुवनचोक र ३ को खजुरामा चुनावीसभाको आयोजना गरिएको हो ।
दुबै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रञ्जुले हालसम्म नेतृत्व तहमा पुगेका दलहरुले जनअपेक्षाअनुसार काम नगरेपछि आफुहरु राजनीतिमा आउनुपरेको बताईन । उनले देशलाई बदल्ने शक्ति बोकेको राजनीतिलाई हालसम्म नेतृत्व गरेका दल र नेताहरुले दुःषित गरेपछि त्यो फोहोर पखाल्न आफुहरु आएको दाबी गरिन ।
युवाहरुको मोह विवेकशील साझातर्फ बढ्दै गएको बताउँदै युवाहरुले नेतृत्व गर्न सक्दैनन भन्ने धारणा गलत भएको दाबी गर्दै दर्शनाले भनिन्, ‘युवाहरुसँग जोश हुन्छ होस हुँदैन भन्नु गलत हो । आजका युवाहरु प्रविधिको प्रयोग गर्न पोख्त छन्, सिप छ, जाँगर छ र उनीहरुलाई माटो सुहाउँदो सिद्धान्त के हो भन्ने पनि राम्ररी थाहा छ ।’
अहिले आएको व्यवस्था विकास र समृद्धिको यात्राका लागि पुर्णतया उपयुक्त भएको तर यसलाई प्रयोग गर्न नसकिएको भन्दै दर्शनाले अब विवेकशील शाझा पार्टिको नेतृत्वले सहि तरिकाले प्रयोग गर्ने बताईन् । ‘जबजब राजनीति र यूवा भिन्नभिन्न पाटा भएर हिड्न थाल्दछन यहाँ अचम्मको गोलमाल, तालमेल र गठबन्धन हुन्छ । त्यो गठबन्धनले देशलाई धरासायी स्थितीमा पु¥याउने बाहेक अरुकुनै पनि काम हुँदैन’–उनले भनिन ।

कार्यक्रममा बिबेक शिल साझा पार्टीका बाँके जिल्लाका उम्मेदवारहरु पनि उपस्थित कार्यक्रममा बाँके क्षेत्र नं. २ का प्रदेश सभाका उम्मेदवार बिनोद कर्णले पनि आफ्नो मन्तब्य राखेका थिए । उनले आफुले नै जसरी क्लिन नेपालगन्जको सुरुवात गरेको र यसरी नै आफ्नै पालामा समृद्ध नेपालगन्जको स्थापना गर्ने बताए ।
पार्टीप्रर्ती ध्यान आकृष्ठ गर्न बिबेकशीलले पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्रलाई यसअघि नेपालगन्ज र कोहलपुरका चुनावीसभामा सहभागी गराएको थियो । चर्चित नेतृ दर्शनाको आगामनले बिबेकशील साझा पार्टीप्रति मतदाताहरुको झुकाप थप बढेर गएको पार्टिका उम्मेदवारले दाबि गरेका छन् । भिडियो : रबिन्द्रसिंह ठकुरीं


 

Next Post

परम्परागत बाजागाजासहित मतमाग्दै बाम गठबन्धन

१५ मंसिर २०७४, शुक्रबार १८:४७
सदरलाइनडटकम    १५ मंसिर, नेपालगन्ज : निर्वाचनको प्रचार अबधी ४ दिन मात्र बाँकी रहँदा बाँकेको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले बाजागाजा सहित घरदैलो सुरु गरेको छ । सीतापुरमा बाजागाजा सहित शुक्रबार घरदैलो भएको गठबन्धनको प्रचार सचिवालयले जनाएको छ । घरदैलोमा महिला र युवाहरुको बाहुल्यता रहेको थियो । सहभागीहरुले नाच्दै […]