दुई सवारी दुर्घटनामा तीन घाइते

२५ जेष्ठ २०७४, बिहीबार १९:४०
 

सदरलाइनडटकम
२५ जेठ, नेपालगन्ज : बाँकेमा विहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बिहीबार साँझ करिव पौने ४ बजेको समयमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ९५६६ नं. को यात्रुबाहक बस र कोहलपुरबाट दाङ्ग जाँदै गरेको भे ३ प ५०५२ नं. को मोटरसाइकल राप्ती सोनारी–१ अगैयामोडमा एक अर्कासंग ठोक्किदा दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा मोटरसाईकल चालक दाङ्ग बाघमारे–३ का २४ वर्षिय दिल्ली बिक र पडाडि बसेका सोही ठाँउका २९ वर्षिय शिव कुमार विष्ट रहेका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र बस चालक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।
यसैगरी बिहीबार दिउसो साढे ३ बजे जानकी गाउपालिका–१ मा सोही ठाउका १८ वर्षिय अजय शुक्लाले चलाएको भारतीय नं. प्लेटको युपी४०डब्लुओ ७८९ को मोटरसाइकलले सोही ठाँउ बस्ने ४ वर्षिया गुल्शन राई कवडियालाई ठक्कर दिएको थियो ।
मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते कवडिहाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भई रहेको छ भने मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रहेका जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साढे दुई ग्राम ब्राउन सुगरसहित जमुनाहबाट सुनार पक्राउ

२५ जेष्ठ २०७४, बिहीबार १९:४०
सदरलाइनडटकम  २५ जेठ नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष ब्युरो टोलीले प्रतिबन्धित लागु औषधसहित बिहीबार दिउसो एक युवालाई जमुनाह नाकाबाट पक्राउ गरेको छ । बाँके प्रहरीेका अनुसार भारतको रुपैडिहाबाट नेपालगन्ज आउदै गरेका कोहलपुर नगरपालिका– १४ का १९ बर्षिय सुरज सुनारलाई साडे २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु […]

सम्बन्धित