बाँकेमा पेसेवर चोर पक्राउ

सदरलाइन संवाददाता २५ मंसिर २०८०, सोमबार १३:२२
 

नेपालगञ्ज : बाँके प्रहरीले नेपालगन्जबाट एक जना पेसेवर चोरलाई पक्राउ गरेको छ ।

नेपालगञ्ज–१० स्थित भृकुटीनगरको एक घरमा चोरी गर्ने नेपालगञ्ज–९ बाँके गाउँ पशुपति टोल बस्ने सोनु गोडियालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।


प्रहरीको टोलीले गोडियालाई चोरीको योजना बनाउदै गरेको अवस्थामा बाँके गाउँबाट पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीको अनुसन्धानबाट गोडिया नेपालगञ्जका अधिकांश घरमा चोरी गरेको खुल्न आएको छ भने प्रहरीले उनीसँग थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुलाकी सडकले बाँकेका दुर्गम गाउँ सुगम बन्दै

२५ मंसिर २०८०, सोमबार १३:२२
नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुशी छन् । “घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता जान पनि सजिलो भएको छ”, सडक नै नहुँदा बसेको बस्तीमा खेती किसानी गर्दै आएका […]