क्षेत्रीय सभापति र सांसद कुर्मी माथि कारवाहीको मागगर्दै बाँके काँग्रेसमा आमरण अनसन

१९ जेष्ठ २०७४, शुक्रबार २०:०८
 

सदरलाइनडटकम   
१९ जेठ, नेपालगन्ज : नेपाली काँग्रेसका मजदुर नेता राजु थापा शुक्रबारदेखि नेपाली काँग्रेस बाँके मै आमरण अनसन बसेका छन । स्थानीय तहको निर्वाचनको उम्मेदवार छनौट प्रकृयामा नेपाली काँग्रेस क्षेत्र नं.३ का क्षेत्रीय सभापति रमेश गुप्ता र सांसद बादशाह कुर्मीले विधि र प्रकृया मिचेर एकपक्षिय ढंगले गरेको उम्मेदवार सिफारिसका बिरुद्ध नेपाली काँग्रेस बाँकेका जिल्ला कमिटी सदस्यसमेत रहेका नेता थापा आमरण अनसन बसेका हुन् ।
नेपाली काँग्रेसको वीपी स्मृर्ती भवनको हलमा शुक्रबार दिउसोदेखि मजदुर आन्दोलनका नेता समेत रहेका काँग्रेस जिल्ला कमिटी सदस्य थापाले शुक्रबारदेखि आमरण अनसन सुरु गरेका उनी नेपालगन्ज उप–महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरको दाबेदार
थिए । क्षेत्रीय सभापति गुप्ता र सांसद कुर्मीले नेता थापाले पार्टीमा पुराना र पार्टीप्रति बफादार नेता कार्यकर्तालाई किनारा लगाउदै भेदभावपूर्ण व्यवहार गरेको भन्दै त्यसको विरोधमा आफुले आमरण अनसन बस्ने निर्णय गरेको बताए ।
उनले भने–‘ पार्टीका क्षेत्रीय सभापति गुप्ता र सांसद बादशाह कुर्मीले एउटा कोठामा बसरे माईनुट लेखि आफु खुसी गरेको निर्णयको खारेजी संगै दुबै जनालाई कारवाही गर्नुपर्छ भन्ने मेरो माग रहेको छ ।’ उनले केन्द्रले बनाएको बिधी र प्रकृयालाई क्षेत्रले लत्याउदा पनि पार्टीमा लामो लगानी र योगदान रहेका पुराना काँग्रेसीहरु कोई पनि चुप लागेर नबस्ने चेतावनी समेत दिए ।
‘मेरो अनसनले पार्टीको जिल्लादेखि केन्द्र तहसम्मका नेताहरुको ध्यान खिचोस भनेर पनि हो हामीले विधी र प्रकृया नपु¥याई गरिएको कार्यको बिरोध गरेका हौ पार्टीका केन्द्र र जिल्लाले गलत निर्णय गर्ने र पार्टीको माईनुट दुरुपयोग गर्नेहरुलाई कारवाही गर्नु पर्छ’–उनले भने ।
उनले पार्टीमा लामो योगदान भएकालाई भन्दा पनि राम्रो आर्थिक अवस्था भएकालाई उम्मेदवार बनाउने रणनीति बनाउन पार्टी नेतृत्वलाई नै गुमराहमा राख्ने गरिएकोले पनि आफ्नो अनसन त्यो प्रबृत्तिको विरुद्ध पनि भएको बताए ।
नेपाली काँग्रेसको बीपी स्मृर्ती भवनको सभाहलमा अनसन सुरु गरेका जिल्ला सदस्य थापाले क्षेत्रले विधि र प्रकृया मिचेर गरेको निर्णय खारेज, पुराना र पार्टीमा कटिबद्ध नेता कार्यकर्तालाई टिकटमा पहिलो प्राथामिकता र पार्टीको हितबिरुद्ध लाग्ने क्षेत्रीय सभापति गुप्ता र सांंसद कुर्मीलाई कारवाही नै आफ्नो प्रमुख माग रहेको बताए ।
जिल्ला सदस्य थापाको अनसन प्रति सर्मथन जनाउदै नेपाली काँग्रेस बाँकेका पूर्व जिल्ला सभापति गजेन्द्र हमाल, नेपालगन्ज–४ बुथ ईंकाई सभापति भैरब ंिसह हमाल, जानकी गाउपालिका–३ बुथ ईकाई सभापति अब्दुल रसिद बागवानसमेत करिव ३ दर्जन बढी महासमिति सदस्य, जिल्ला सदस्य, बुथईकाई सभापति, क्षेत्रीय समितिका पदाधिकारीहरुले ऐक्यबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्तीजन्य वस्तु नियन्त्रण गर्ने कानूनलाई कार्यान्वयनमा निरन्तरता जरुरी

१९ जेष्ठ २०७४, शुक्रबार २०:०८
सदरलाइनडटकम    १९ जेठ, नेपालगन्ज : विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपालगन्जमा सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि मनाईएको छ । विश्व स्वास्थ्य संगठनको ‘धुम्रपान विकासका लागि चुनौती’ भन्ने नाराका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । स्वास्थ्य अधिकार तथा स¬र्ती नियन्त्रण जिल्ला सञ्जाल, बाँकेको आयोजनामा सम्पन्न सो कार्यक्रममा […]