बाँकेमा कैदीबन्दीद्वारा रक्तदान

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७९, मंगलवार १५:५६
 

नेपालगञ्ज : नेपालगञ्ज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कारागारमा रहेका सुरक्षा प्रशासकदेखि कैदीबन्दीले रक्तदान गरेका छन् ।

कैदी बन्दीलाई दैनिकजसो नै रगत आवश्यक पर्ने र जिल्लामा रगतको कमी भएको पाइएपछि कारागार प्रशासनको संयोजनमा कैदी बन्दीले रक्तदान गरेको बाँके कारागारका जेलर रामकुमार सोनकरले बताए ।


बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको विशेष उपस्थितिमा कारागारका जेलर रामकुमार सोनकर, प्रहरी इन्चार्ज सई नविनप्रसाद रिजाल, चौकीदार प्रितम थापाले रगत दिएर रक्तदानको उदघाटन गरिएको हो ।

विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा कारागारका सय जना कैदी बन्दीले रक्तदान गर्ने जेलर सोनकरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत समस्या समाधानबारे कुलमानसँग मेयर विष्टको छलफल

३१ जेष्ठ २०७९, मंगलवार १५:५६
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् । नेपालगञ्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरि समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । छलफलमा […]