प्रधानमन्त्रीको पहिलो तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई

१ भाद्र २०७३, बुधबार ०४:०९
 

_DSC1276

सदरलाइनडटकम, 
१, भदौं काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले सो घोषणा गरेका हुन । भेटमा प्रधानमन्त्रीले भने, ‘भूकम्पपछि आएको मानवीय बिपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपाईहरुको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’
भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै भने, ‘तपाईहरुको नेतृत्वमा निर्माण भएको नमुना बस्तीको सडक निर्माण लगायतका क्षेत्रमा सरकारले सहयोग गर्नेछ । कुनै समस्या र सहयोग चाहिए भन्नुहोला, सरकार सधैं खुल्ला हृदयले सहयोग गर्न तयार छ ।’ प्रधानमन्त्रीले आफू अहिले केही गरेर देखाउने सोंचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पूनर्निर्माणलाई उत्साहवद्र्धक बनाउने दावी गरे ।  भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पूनर्निर्माणले तीब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको धारणा राखेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीनै समूहले प्यानलगत उम्मेदवारी दर्ता गराए

१ भाद्र २०७३, बुधबार ०४:०९
  सदरलाइनडटकम १ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्बाचनका लागी तीन प्यानल लगायत स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सचिवालयमा निर्वाचनमा मनोनयन दर्ता गराउन आफ्नो शक्ति प्रदर्शनको लागि जुलुससहित कपिल अधिकारी नेतृत्वको समाबेशी तथा साझा प्यानल, गोपाल अधिकारी नेतृत्वको […]