नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–वडा १० बाट प्रहरीले अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, बल्ब, हार्डवेयरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।


१ लाख ४६ हजार मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।