नेपालगन्जमा दुईदिने शैक्षिक मेला

२८ बैशाख २०७४, बिहीबार १८:३३
 

सपना विष्ट,स्मृती देवकोटा/सदरलाइन 
२८ बैशाख, नेपालगन्ज : भारत तथा तेस्रो मुलुकमा उच्च शिक्षा लिन चाहने विद्यार्थीको लागि लक्षित गरी नेपालगन्जमा दुई दिने शैक्षिक मेला सुरु भएको छ । अनट्रयाक एजुकेशनल कन्सलटेन्सी काठमाण्डौको आयोजनामा तथा स्कुलिङ्ग एवोर्ड कन्सल्टेन्सी र रिपब्लिक एजुकेशनल कन्सलटेन्सीको सहयोगमा नेपालगन्जको स्वस्तिक कटेजमा आयोजना गरिएको सो शैक्षिक मेला शुक्रबारसम्म सञ्चालन हुने छ ।
स्कुलिङ्ग एवोर्ड कन्सल्टेन्सीका परवर रेग्मीले मध्य र सुदूरको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि नेपालगन्जमा शैक्षिक मेलाको आयोजना गरिएको बताए । उनले भने–‘विद्यालय शिक्षा सकिने वित्तिकै आफ्नो कैरियर बनाउने उच्च शिक्षाको बारेमा सही फैसला लिनको लागि पनि सजिलो होस भनेर शैक्षिक मेलाको आयोजना गरिएको हो ।’
रिपब्लिक एजुकेशनल कन्सलटेन्सीका मणि ज्ञवालीले नेपाली विद्यार्थीले भारत तथा अन्य देशमा पनि शतप्रतिशत छात्रबृत्ति पाउन सक्छन तर, त्यो क्लेम गर्ने तरीका नजानेको कारण त्यतिकै खेर गएको हुने भएकोले पनि यो शैक्षिक मेलाको आयोजन ागर्न सहयोग गरेको जानकारी दिए ।


आयोजक अनट्रयाक एजुकेशनल कन्सलटेन्सी काठमाण्डौका सञ्जिव कनौजियाले आफ्ना सन्ततिको लागि उच्च शिक्षाको लागि भौतारिने अभिभावकको लागि र विद्यार्थीको लागि यो मेला उचित गन्तब्य हुने दाबी गरे । उनले भने–‘अहिले हामिसंग भारतका नामचलेका कलेजका प्रतिनिधिहरु हामीसंगै आउनु भएको छ । भारत तथा अस्ट्रेलिया, जापान, चिन, जर्मन, अमेरीका जस्ता मुलुकमा छात्रबृत्ति र सुलभ रुपमा भर्ना गर्न सकिने भएकोले यो मेलाको भरपुर फाईदा उठाउन आग्रह गर्दछु ।’
उनले विभिन्न विषयको विभिन्न विज्ञद्वारा काउन्सिलिङ्ग र विद्यार्थीको रोजाईको कलेजमा भर्नाको शतप्रतिशत ग्यारेन्टीको साथमा भर्ना गर्न सकिने भएकोले भर्खरै एसईई दिएर बसेका वा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीको लागि शैक्षिक मेला उपयुक्त हुने दाबी गरे ।
नेपालगन्जको स्वास्तिक कटेजमा शुक्रबारसम्म सो मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी हिरासतमै झुण्डेर आत्महत्या

२८ बैशाख २०७४, बिहीबार १८:३३
सदरलाइनडटकम २९ बैशाख, प्यूठान : ईलाका प्रहरी कार्यालय भिगृको हिराशत कक्षमा रहेका थुनुवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । स्वर्गद्वारी नगरपालिका–५ उपल्लो सारीका भुपेन्द्र गिरीले ओड्ने–ओछ्याउने कपडाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतिलाई कुटपिट गरेको भन्दै उजुरी परेपछि बिहिवार २९ वर्षिय गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । […]