बागेश्वरीदेखि ठाकुरद्धारासम्म साईकलयात्रा

१८ माघ २०७५, शुक्रबार १४:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके र बर्दियाका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि शुक्रवारदेखि टुर द ठाकुरद्वारा–२०७५ शुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरबाट विहान नेपालगञ्जका मेयर डा. शवल शम्शेर राणा र उपमेयर उमा थापाले बिश्व साईकलयात्री पुष्कर शाहलाई राष्ट्रीय झण्डा हस्तान्तरण गरी अभियानकाके शुभारम्भ गरे ।
अभियानले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा नेपालगञ्जको बागेश्वरी मन्दिर, जुङ्गे महादेव मन्दिर , बासगढीमा निर्माणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रीय निकुञ्जलाई स्थापित गर्दै देश भर चिनाउने बिश्वास लिइएको कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए । साईकलयात्रामा स्वदेशी र विदेशी गरी ४० जना भन्दा बढिको सहभागिता रहेको आयोजक नेपालगञ्ज साइक्लिङ्ग क्लबका अध्यक्ष केशर आलेले बताए ।
पर्यटन प्रवर्धन, वातावरण सरक्षण, स्वास्थ सचेतनासँगै साइकल चलाउनुको महत्व र साइकल यात्रीका लागि सडकमा साइकल लेन हुन आवश्यक छ भन्ने कुरा प्रवाह गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ । साइकल खेल हो, साइकल दैनिक जिवनको महत्वपूर्ण सवारी साधन हो र साइकलबाट पर्यटनलाई टेवा पुर्याउन सकिन्छ भन्ने सन्देश आफुले यो यात्राबाट दिन खोजेको संयोजक निरौलाले बताए ।

Next Post

एनसेलविरुद्ध महेन्द्रनगरमा प्रर्दशन

१८ माघ २०७५, शुक्रबार १४:१६
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले करछलीविरुद्ध शुक्रबार प्रदर्शन गरेको छ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध विद्यार्थी संगठनले प्रदर्शन गरेको हो । एनसेल कम्पनीले ठूलो रकम करछली गरी ठगी गरेकाले प्रदर्शनमा उत्रिनु परेको क्रान्तिकारीका केन्द्रिय सदस्य वीरेन्द्र शाहले बताए । ‘कम्पनीले […]