बाँकेको खजुरागाउपालिकामा ११ सय बढी विद्यार्थी विद्यालय बाहिर

रुद्र सुवेदी ६ श्रावण २०७८, बुधबार १७:१५
 


नेपालगञ्ज  :  बाँकेको खजुरा गाउपालिकाले विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरकालाई पुन विद्यालयमा ल्याउनको लागि विषेश कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको गाउपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत खगेन्द्र मल्लले खजुरा गाउँपालिका क्षेत्र भित्रमा अझै शुन्यदेखि १० सम्म विद्यालय जाने उमेरका बालबालिका एक हजार १ सय बढी रहेको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार खजुरा गाउपालिकामा १ हजार १ सय १९ जना विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर रहेका छन् । उनीहरु शुन्यदेखि कक्षा १२ सम्म अध्ययन गर्ने उमेरका रहेको खजुरा गाउपालिकाको शिक्षा शाखाले जनाएको छ ।‘शुन्यदेखि कक्षा १२ सम्म अध्ययन गर्नेको संख्या ११ सय बढी छ । पालिकाले उनीहरुलाई विद्यालयमा पुन भित्र्याउने योजनाका साथ लागेका छौ’–गाउपालिकाका शिक्षा शाखा प्रमुख मल्लले भने ।

उनले गाउपालिकाले समता रणनीति कार्यक्रम कार्यान्वयन योजना अन्तरगत पहिलो प्राथामिकतामा शुन्यदेखि कक्षा ८ सम्मका ७ सय ५१ जना बालबालिकालाई विद्यालयमा पुन भर्ना गराउने गरी योजना तयार भएको बताए । उनले भने–‘पहिलो चरणमा शुन्यदेखि कक्षा ८ सम्मका ९३ जना बालबालिकालाई मासिक १ हजार छात्रबृत्ति, १ सयलाई खाद्यान्न र १ सयजनालाई पोषाक, स्टेशनरी, झोला दिने योजना बनाएर कार्यान्वयन गरि सकेका छौ । बाँकीलाई पनि यसै शैक्षिक सत्रमा क्रमश समावेश बनाउदै लैजाने र उनीहरु सबैलाई विद्यालय भर्नासंगै टिकाउने विषयमा सम्बेदनशिल भएका छौ ।’

खजुरा गाउपालिकाले शिक्षालाई पालिकाको विकासको महत्वपुर्ण स्तम्भ मान्दै कोरोना कहरमा पनि विद्यार्थी सिकाई सहजिकरण कार्यविधि बनाएर बैकल्पिक तरिकाबाट कक्षा सन्चालन गरे पनि विद्यालय छाड्ने (ड्रपआउट) हुने क्रम र विद्यालय नगएकाहरुको संख्या हजार बढी हुनु पालिकाको लागि चुनौतीको विषय बनेको छ ।


पालिकाले अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालयबाट ड्रप आउन हुनेको संख्या बृद्धि हुनेलाई लक्षित गरी उनीहरुलाई पालिकाले विद्यालयमा प्रवेश गराउनको लागि छात्रबृद्धि, खाद्यान्न तथा पोषाक, झोला जस्तो सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख मल्लको भनाई छ । उनले भने–‘ गाउपालिकाले आगामी ५ वर्षभित्र पालिकामा विद्यालय ड्रप आउट हुने अवस्थालाई शुन्यमा झार्ने गरी योजना निर्माण गरी कार्यक्षेत्रमा लागेका छौ ।’

खजुरामा ३० वटा सामुदायिक, ५ वटा मदरसा र १७ वटा संस्थागत विद्यालय छन । कोरोना कहरको कारण लगातार दुई शैक्षिक शत्र प्रभावित भए पनि बैकल्पिक माध्यामबाट शैक्षिक क्यालेण्डरको व्यवस्था गर्दै बालबालिकाको पठनपाठन सुरु गरिएको भएपनि सबै विद्यालयमा इन्टरनेटको व्यवस्था गर्नुको साथै विद्यालयमा स्वास्थ सुविधाको समेत व्यवस्था गरेको छ ।

उनले विद्यालयमा ईन्टरनेट सुविधा पुराउदै अनलाइन माध्यामबाट कक्षा सञ्चालन गर्दापनि सबैको पहुँच हुन नसकेको गुनासो आएपछि विकल्प समुदायलाई नै ईन्टरनेट सुविधाले युक्त बनाउने प्रयासमा बिभिन्न ईन्टरनेट सेवा प्रदायक संस्थासंग समन्वय गरिरहेको बताए । गाउँपालिकाले शिक्षाको भौतिक विकासतर्फ ९४ प्रतिशत प्रगति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको चट्टार बाँधमा डुवेर तीनको मृत्यु

६ श्रावण २०७८, बुधबार १७:१५
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको डुडुवा बाँधमा डुबेर ३ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले दिएको जानकारी अनुसार बुधबार साँझ ५ बजे सो घटना घटेको हो । कोहलपुर नगरपालिका वडा नं. १० डुडुवा बाँध नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्ज […]