माईनुट बोकेर काँग्रेसका क्षेत्रीय सभापति छ दिनदेखि बेपत्ता

११ जेष्ठ २०७४, बिहीबार १९:०३
 

सदरलाइनडटकम  
११ जेठ, नेपालगन्ज : नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का पार्टी सभापति माधवराम खत्री, ढकालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा आफ्नो पक्षकालाई उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि पार्टी बैठकको माईनुट नै बोकेर बिगत छ दिनदेखि बेपत्ता भएका छन् ।
नेपाली काँग्रेस बाँके निर्वाचन क्षेत्र नं. १ मा पार्टीको आन्तरिक गुटको बिबादका कारण क्षेत्रीय कमिटीको बैठक माईनुट नै लिएर क्षेत्रीय सभापति खत्री सम्पर्क बिहिन भएपछि स्थानीय तहको निर्वाचनमा उम्मेदवार तोक्ने कार्य असहज भएको जनाईएको छ ।
पार्टी निकट स्रोतले दिएको जानकारी अनुसार स्थानीय तहको निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ अन्तरगतका गाउपालिका र नगरपालिकाको लागि उम्मेदवार सिफारिस गर्न गत जेठ ६ गते कोहलपुरमा बसेको बैठकमा विबाद हुँदा बैठक एक घण्टाको लागि
स्थगित गरी माईनुट फोटोकपी गर्न जान्छु भनेर बाहिरिएका उनी जिल्ला पार्टीको सम्पर्कमा आएका छैनन् । उनी पार्टी सभापति देउवा पक्षधर हुन ।
नेपाली काँग्रेस बाँके निर्वाचन क्षेत्र नंं १ का क्षेत्रीय सचिव डिल्ली गिरीले पार्टीको जिल्ला कार्यसमितिलाई लेखेको पत्रमा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउपालिकाको विभिन्न वडाहरुमा उम्मेदवार बनाउनको लागि वडा तहको सिफारिस नै नआएका व्यक्तिको नाम एकलौटी तरिकाले सिफारिस गर्न थालेपछि एक घण्टाको लागि बैठक स्थगित गरी निस्केका क्षेत्रीय सभापति खत्रीले एकलौटी रुपमा उम्मेदवारको नाम सिफारि गरी आफु सम्पर्क बिहीन भएको पत्रमा उल्लेख गरिएको छ । खत्री निकट स्रोतले जनाए अनुसार उनी काठमाण्डौ पुगेको बताईएको छ ।
यसैगरी कोहलपुर नगरपालिका पार्टी कमिटी सचिव भूमबहादुर भण्डारीले क्षेत्रीय सभापति खत्रीले एकलौटी तरिकाले गरेको सिफारिस पार्टीको केन्द्रीय परिपत्रको भावना विपरित भएकोले आफुहरुलाई मान्ने नहुने भन्दै जिल्ला पार्टीलाई पत्र लेखेका छन् ।
नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलसंग निर्वाचन क्षेत्र नं. १ र कोहलपुर नगर कमिटीका सचिवद्वय गिरी र भण्डारीले लेखेको पत्र र उम्मेदवार छनौटको लागि पार्टीले अवलम्बन गरेको नीतिको बारेमा क्षेत्रीय सचिव गिरिले लेखेको पत्र अनुसार नै पार्टीमा जानकारी आएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दामोदर आचार्य माओवादी केन्द्रबाट नेपालगन्जको मेयरका उम्मेदवार

११ जेष्ठ २०७४, बिहीबार १९:०३
सदरलाइनडटकम   ११, जेठ नेपालगन्ज : नेपालगन्जको मेयरको लागि माओवादी केन्द्रले व्यावसायी नेता दामोदर आचार्यलाई उम्मेदवार बनाउने भएको छ । टिकट पाउने रस्साकस्सीको बीचमा आचार्यले बाजी मारेका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपालगन्ज उप–महानगरपालिकाबाट मेयरमा आचार्यलाई उठाउने निर्णय गरेको हो । पार्टीका केन्द्रीय नेता तथा पूर्व […]