‘रिफलेक्ट’ले फेरिएको फरीदाको दिनाचार्य

७ जेष्ठ २०७४, आईतवार १७:२५
 

स्मृती देवकोटा/सदरलाइन ,
७ जेठ, नेपालगन्ज  : बाँके जानकी गाउपालिका–४ खजुरा नहरटोलकी ३० वर्षिया फरीदा बेगमलाई घरको सानोतिनो खर्च टार्नको लागि श्रीमानको मुख हेर्न पर्दैन । कुनै बेला घरमा नुन तेल सकिदा श्रीमान कतिबेला आउने हुन भनेर कुरेर बस्ने फरीदा अहिले भने आफ्नो खर्च आफै जोहो गर्न सक्ने भएकी छन् ।
पहिला दुईचार जनाको बीचमा उभिएर बोल्न पनि हिच्किचाउने फरीदा अहिले भने आफ्नो समस्या निर्धक्क बोल्न सक्ने महिलाको रुपमा परिचय बनाउन सफल भएकी छन् । दुई छोरा एक छोरीकी आमा फरीदा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको सहयोगमा सञ्चालनमा रहेको रिफलेक्ट परियोजना अन्तरगत गठित समूहमा आवद्ध भएपछि उनीमा परिवर्तन आएको बताउछिन ।
तीन सन्तानको पालन पोषणमा एक्लो श्रीमानको कमाईले मात्र नपुग्ने भएपछि उनी समुहमा संगठित हुँदै बचत गर्नेदेखि व्यावसाय सञ्चालन गर्न सुरु गरेको उनी बताउछिन । उनका श्रीमान विनोद शेख नेपालगन्जको कुनै मोबाईल रिपेरीङ्ग पसलमा काम गर्छन ।
हातका औला भाँच्दै गनेर समुहमा जोडिएको पनि १८ महिना पुगेको सुनाउदै भनिन–‘१८ महिना भयो समुहमा जोडिएको अहिले सबैसंँग बोल्न सक्ने भए, बचत गर्नसंगै कुखुरा पाल्न थाले यसले मेरो आम्दानीको बाटो पनि देखायो ।’
उनले बितेका ९ महिनादेखि समुहबाट २५ हजार ऋण लिएर घर मै कुखुरा पाल्न सुरु गरेको बताईन । उनले अहिले चौथो लटमा कुखुरा पाल्दैछन् । पहिलो र दोस्रो लटमै समुहबाट लिएको ऋण दुई किस्तामै चुक्ता गरेकी उनलाई जिविको पार्जनसम्बन्धित तालिम र प्राविधिक सल्लाह मुस्लिम समाज विकास चेतना केन्द्रले दिएको थियो ।
उनले समुहमा बस्दा बचत गर्ने र व्यावसाय सञ्चालन गर्नेकुरा सिकेको कारणले आफ्नो घर परिवारमा खुसियाली आएको बताउछिन । उनले भनिन–‘ कुखुरा पाल्दा सरसफाई र दाना समयमा दिदा चाँडो बढ्ने हुँदा फाईदा हुने तर, अलिकति अल्छी गर्दा भने चल्ला अवस्थामै कुखुरा मर्ने र घाटा हुने हुनाले सरसफाईमा ध्यान दिनु पर्ने समेत ख्याल गर्नु पर्ने हुन्छ ।’ उनले सबै ऋण तिरेर ६० हजार बचत गरेको बताईन ।
सोही ठाँउ कै पुजा सुनारले च्याउ खेती र नसिफा बेगमले तरकारी खेती गर्दै आएका छन् । उनीहरु पनि फरिदा बेगमको जस्तै व्यावसायिक खेती गर्दै आफ्नो घरखर्चको जोहो गर्दै बचत गर्न थालेको नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रकी सामाजिक परिचालिका सिता चन्दले जानकारी दिईन । समुहमा २५ जना गृहणी महिला आवद्ध छन् । उनीहरु मासिक सय रुपैया प्रतिब्यक्ति बचत समेत गर्दै आएका छन् ।
केन्द्रकी सामाजिक परिचालक चन्दका अनुसार विपन्न तथा पिछडिएका महिलाको जीवनस्तर बढाउनको लागि उनीहरुलाई आवश्यक पर्ने तालिम तथा प्राविधिक सल्लाह दिदै आएको बताईन । उनले भनिन–‘केन्द्रले विपन्न तथा पछाडि पारिएका महिलाको जीवनस्तर उकास्नको लागि रिफलेक्ट कार्यक्रम सञ्चलन गर्दै आएको छ । हप्तामा १ दिन महिनामा ४ दिन सञ्चानल हुने रिफलेक्ट कक्षामा सुशासन, जिविकोपार्जन, खाद्य अधिकार, शिक्षा, अधिकार, सुरक्षित समुदाय सम्बन्धित छलफल र निष्कर्श निकालिने गरीन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीका ५ जिल्लाबाट  दुईकिलो ब्राउन सुगर बरामद

७ जेष्ठ २०७४, आईतवार १७:२५
सदरलाइनडटकम  ७ जेठ, नेपालगन्ज : चालु आर्थिक वर्षको १० महिनामा भेरी अञ्चलका पाँच जिल्लाबाट प्रहरीले बरमद गरेको लागु औषधको तथ्याङ्क हेर्दा डरलाग्दो अवस्था रहेको छ । अञ्चल प्रहरी कार्यालय भेरीले दिएका पछिल्लो गत बैशाख महिनासम्ममा विभिन्न व्यक्ति र स्थानबाट पक्राउ गरेको ब्राउन सुगरमात्र २ किलो २५ ग्राम रहेको छ । […]