प्रधानमन्त्री ओलीसँग रुसी महिला भलिबल टोलीको भेट

सदरलाइन संवाददाता ८ श्रावण २०८१, मंगलवार १४:३७
 

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले पारसपरिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए ।

दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मकरुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा सम्भावित मन्त्रीको सूचीमा पर्न दौडधुपमा लागेका प्रदेशसभा सदस्यहरु

८ श्रावण २०८१, मंगलवार १४:३७
नेपालगञ्ज  :  नयाँ गठन हुने लुम्बिनी प्रदेश सरकारको मन्त्रीमण्डलमा आफुलाई पार्न प्रदेश सांसदहरुको दौडधुप पार्टीको शक्तिकेन्द्रमा व्यापक छ । सोमबार नै मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएसँगै नेपाली कांग्रेस र नेकपा एमालेभित्र मन्त्री छनोटको गृहकार्य हुँदै गर्दाको लिगलिगे दौडमा प्रदेश सभा सदस्यहरु व्यापक सहभागि भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले […]