सदरलाइनडटकम
७ जेठ, नेपालगन्ज : चालु आर्थिक वर्षको १० महिनामा भेरी अञ्चलका पाँच जिल्लाबाट प्रहरीले बरमद गरेको लागु औषधको तथ्याङ्क हेर्दा डरलाग्दो अवस्था रहेको छ ।
अञ्चल प्रहरी कार्यालय भेरीले दिएका पछिल्लो गत बैशाख महिनासम्ममा विभिन्न व्यक्ति र स्थानबाट पक्राउ गरेको ब्राउन सुगरमात्र २ किलो २५ ग्राम रहेको छ । खुला सिमाको कारण लागू औषधका तस्करहरु विभिन्न तौर तरिका अपनाउदै सजिलै नेपाल भित्र्याउने गरेको भए पनि प्रहरीको सक्रियतामा नियन्त्रणमा लिने गरिएको छ ।
यसैगरी बितेका १० महिनामा नै प्रहरीले नाईट्रोजोपाम ट्याब्लेट ३ सय २०, कोरेक्स १ लिटर ७ सय मिलि लिटर २ सिसि, अफिम २ किलो ५ सयग्राम, गाँजा ११ किलो, चरेश १७ किलो ३ सय ५५ ग्राम नियन्त्रणमा लिन सफल भएको छ ।
नेपालबाट भारततर्फ अफिम, गाँजा, चरेश लैजाने र भारतबाट ब्राउन सुगर, कोरेक्स, नाईट्रोजोपाम, स्मैकजस्ता प्राण घातक लागू औषधहरु खुल्ला रुपमा रुपैडिहाबाट खरिद गरी नेपाल भित्रिने गरेकोले प्रहरीको लागि ठूलो चुनौती भएको छ ।