हिरमिनियामा निःशुल्क प्रयोगशाला सञ्चालन

सदरलाइन संवाददाता १८ मंसिर २०७७, बिहीबार १७:२३
 

डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाले वडा नंं. ६ हिरमिनिया स्वास्थ्य चौकीमा बिहीवारदेखि निःशुल्क प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका कुनै पनि नागरिकलाई स्वास्थ्य परीक्षणका क्रममा गरिने परियोगशाला जाँचबाट बञ्चित हुन नदिनका लागि निःशुल्क प्रयोगशाला सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार पालिकाले हरेक वडामा निःशुल्क ल्याब सञ्चालन गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको र अहिलेसम्म तीन स्थानमा स्थापना भईसकेको छ, भने अब बाकी हुने स्थानमा पनि सञ्चालन गरिने छ ।

विहीबार एक कार्यक्रमका बीच प्रयोगशालाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सम्बन्धि सम्पुर्ण सेवाहरु निःशुल्करुपमा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

सामान्य विरामीदेखि मधुमेह, प्रेसर जस्ता कडा रोगका विरामीलाई सम्पुर्ण औषधी उपचार निःशुल्करुपमा गर्दै आएको भन्दै उनले आगामी दिनमा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा पुर्याउने लक्ष्य रहेको बताए ।


वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, जनप्रतिनिधी, कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

ल्याबमा तीन जना प्राविधिकसहितको टोलीले वडा नं. ६ का करिब ६ हजार नागरिक प्रत्यक्ष सेवा लिनेछन् । ल्याबमा दिसा, पिसाब, रगत, खकार, मधुमेह, टाइफाइड, जन्डिस, लिभरलगायतको परीक्षण गरिनेछ । निःशुल्क ल्याब सञ्चालनमा आएपछि घरमै विरामीहरुलाई सेवा लिन सहज भएको छ भने सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यतासमेत हटेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जका चिकित्सकले परीक्षण गर्ने भनेपछि डुडुवामा पुगेर ल्याब जाँच गराएर रिपोर्ट देखाउने गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए । यसअघि गाउँपालिकाले वडा नं.ं १ बेतहनी र वडा नं.ं ५ कम्दीमा निःशुल्क प्रयोगशाला स्थापना गरिसकेको छ ।

Next Post

जनप्रतिनिधिलाई दुईदिने स्थानीय कानुन तर्जुमा तथा सभा सन्चालन तालिम

१८ मंसिर २०७७, बिहीबार १७:२३
राप्तीसोनारी (बाँके) : गाउँपालिका महासंघको आयोजनामा बाँकेको राप्तीसोनारी गाँउपालिकामा स्थानीय कानुन तर्जुमा तथा सभा सन्चालन सिकाई अभ्यास २ दिने कार्यशाला आजबाट सुरु भएको छ । गाउँपालिका राष्ट्रिय महासंघका सचिवालय सदस्य तथा खजुरा गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले संघिय संरचना अन्र्तगत पाएको राजनीतिक, प्रशासनिक र वित्तिय अधिकारहरु उपयोगका लागि कानुनको आवश्यकता पर्ने […]