काठमाण्डौ : राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी हुन थालेको भन्दै यसलाई मर्यादित र शिष्ट बनाउन आग्रह गरेको छ । राष्ट्रपति कार्यालयले हरेक विषयलाई राजनीतिक आँखाबाट नहेर्न पनि सबैमा अनुरोध गरेको छ ।
पछिल्लो समय भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीको भेटसँगै सरकारको चर्को आलोचना भइरहेको र यसले सरकारप्रति नागरिकको आक्रोश बढेपछि राष्ट्रपति कार्यालयको यस्तो प्रतिक्रिया आएको हो ।