सदरलाइनडटकम,
सल्यान : ठूलो परिमाणको लागुऔषधसहित सल्यानमा दुई जना पक्राउ परेका छन् । दुई किलो ४८ ग्राम अफिमसहित सल्यान शारदा नगरपालिका ७ कजेरीका २८ वर्षीय झक्कुप्रसाद बोहरा र बस चालक बागचौर नगरपालिका १० पिपलनेटाका ४५ वर्षीय टेकमप्रसाद शर्मा पक्राउ परेका हुन् ।
रुकुमबाट काठमाण्डौ जाँदै गरेको बसमा लुकाइछिपाइ लागुऔषध अफिम लौजाँदै गर्दा जाँचका क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय थारेमारेमा राखेर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
