बाँकेमा मंगलवार ४६ संक्रमित थपिए, ५० डिस्चार्ज

सदरलाइन संवाददाता २५ माघ २०७८, मंगलवार १५:४४
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३९ र एन्टिजेन परीक्षणमा ७ गरी ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७३ जनाको नमुना जाँच्दा ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


भेरीमा १८, कोहलपुर मेडिकल कलेजमा १२ र बागेश्वरी ल्यावमा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुनाहा नाकामा ३२९ जनाको एन्टिजेन जाँच गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १९ जना छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ७९३ पुगेको छ । यस्तै थप ५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ३२० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा अवैध काठ बरामद

२५ माघ २०७८, मंगलवार १५:४४
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–१ हजरात सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ । सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा उक्त काठ फेला पारेको थियो । प्रहरीले बरामद गरेको […]

सम्बन्धित