नेपालगञ्जबाट डेढ लाख बढीको सामान बरामद

सदरलाइन संवाददाता १४ श्रावण २०७९, शनिबार १२:३४
 

नेपालगञ्ज : नेपालगञ्जको आदर्शनगरबाट १ लाख ७२ हजारको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज बाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार, बिशेष सूचनाको आधारमा भारत रुपैडिहा बाट भन्सार छली कुर्ता सुरुवाल कपडा ७१ थान, कुर्ति ४२ थान, फ्राक ५ थान, चिनी ७० किलो महेश दालमोठ १९ पोका, नरिवल समेतका सामानहरु ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो ।


उक्त सामानको मूल्य करीब १ लाख ७२ हजार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असई चौलागाईंविरुद्ध बलात्कारको मुद्दा दर्ता

१४ श्रावण २०७९, शनिबार १२:३४
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिवार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगञ्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन् । पीडितले असईं चौलागाईंबिरूद्ध […]

सम्बन्धित