सम्पत्ति र ज्यानको सुरक्षा खोज्दै ६१ वर्षिया बृद्धा अड्डा–अड्डा धाउदै

९ चैत्र २०७३, बुधबार १०:२९
 

सदरलाइनडटकम  
९ चैत, नेपालगन्ज : लामो समयदेखि जोतभोग गर्दै आएको ऐलानी जमिनको कारण आफन्तबाट ज्यान जोखिममा परेको भन्दै ६१ वर्षिया बृद्धा सुरक्षाका लागि विभिन्न अड्डा धाउन थालेकी छन् ।
साविक बसुदेवपुर–१ आलानगर हालको नेपालगन्ज उप–महानगरपालिका–२० मा २०४० सालदेखि एैलानी जमिन जोतभोग गर्दै आएकी ६१ वर्षिया तिली दमाईले आफुले जोत्दै आएको जमिनका लागि आफ्नै छोरा सालिकराम दमाईबाट असुरक्षा भएकोले आफु चौतर्फि भोतारिन परेको आरोप लगाईन । सालिकराम नेपालगन्जमा नै टेलरिङ्ग पसल चलाउदै आएका छन् ।
तत्कालिन गाविस सचिवले २०७१ सालमा बसुदेपुर–१ ग कित्ता नं. ७७ को जमिन अन्दाजी ७ कठ्ठा क्षेत्रफलको एैलानी जमिन तिलीले नै जोत भोग गर्दै आएको भनेर प्रमाणित समेत गरी गाविसलाई तिरो तिर्दै आएकी छन् ।
सम्बन्ध तोडेर अर्को विवाह गरी बसेको ठाँउमा पहिलो घरका छोरा सालिकराम र आफन्तले तिलिले लगाएको खेती काटेर लैजानुको साथै घर भत्काएर बस्न नदिए यछि अनेत्रै बस्दै आएको बताउछिन ।
‘मैले आफैले दुखःजिलो गर्दै १४ वर्ष अघि नै सम्बन्ध तोडेर बस्दै आएको भएपनि पछिल्लो समयमा मेरै छोरा सालिकरामले मेरो खेतीबाली नै काटेर लैजाने, घरमा बस्नै नदिने गरेकोले अड्डा अड्डा धाउन परेको छ’–उनले भनिन । उनले आफ्नो सुरक्षा संगै आफुले हकभोग गर्दै आएको घर र जमिन समेत बचाईदिन प्रहरी प्रशासन पुग्दा पनि सुनवाई नभएको गुनासो गरीन ।
‘सिडियो साबले मेरो सुरक्षा संगै घर र खेतीको सुरक्षा प्रबन्ध मिलाई दिने भनेर पत्र पठाई दिनु भएको छ । तै पनि राति आएर मारुला झै गर्छ आफ्नै छोरो हो के गरु के नगरु साह्रै दोधारमा परेको छु’–जमिनको कागज पत्र देखाउदै तिलिले भनिन । उनले पछिल्लो पटक गएको माघ १ गते राती आफुलाई आक्रमण गर्ने शैलिमा नै सालिकराम आएको तर,आफु कसरी कसरी भागेर जोगिएको आरोप लगाईन । ‘प्रहरीमा उजुर गरे पनि हुन्छ हुन्छ भन्ने तर मैले न्याय नपाउने’–उनले गुनासो गरिन ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले कसैले पनि सुरक्षाको माग गर्दै आएमा नागरिकको सुरक्षा गर्ने कर्तब्य प्रहरीको भएकोले प्रहरीले सुरक्षा दिनमा रत्तिभर पनि भेदभाव नगर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिमांकनबाहेक अन्य विषयमा हामी संशोधन प्रस्तावमा समर्थन गर्छौ :एमाले नेता रघुवीर महासेठ

९ चैत्र २०७३, बुधबार १०:२९
सदरलाइनडटकम   ९ चैत, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले मधेशी मोर्चापनि चुनावमा आउनुपर्ने बताउँदै भने,‘उहाँहरुपनि चुनावमा आउनुपर्छ, […]

सम्बन्धित