यौन दुराचारको आरोपमा बृद्ध पक्राउ

२५ कार्तिक २०७५, आईतवार १३:४३
 

सदरलाइनडटकम,
धनगढी : पाँच वर्षीया किशोरीसँग यौन दुराचर गरेको आरोपमा धनगढीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका ४ उत्तरबेहेडीकी ५ वर्षीया किशोरीसँग यौन दुराचारको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राई पक्राउ परेका हुन् ।
केही समयदेखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिवार घरमा कोही नभएको मौका छोपी किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाले बताए ।

Next Post

भारतमा भूकम्प जाँदा नेपालमा पनि धक्का महशुस

२५ कार्तिक २०७५, आईतवार १३:४३
सदरलाइनडटकम, काठमाण्डौ : भारतको पञ्जाबमा शनिवार राती भूकम्प गएको छ । पञ्जाब राज्यको खेला भन्ने ठाउँमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महशुस गरिएको छ । राती २ बजेर ४२ मिनेटमा भूकम्पको धक्का महशुस भएको राष्ट्रीय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सम्बन्धित