मान्छे खान पल्किएको बाघ नियन्त्रणमा लिनै मुस्किल

सदरलाइन संवाददाता १६ फाल्गुन २०७८, सोमबार १६:१२
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा मान्छे खान पल्किएको बाघ नियन्त्रणमा लिनै मुस्किल परेको छ । बाघलाई खोज्न एक हप्तादेखि हात्ती परिचालन गरिएको छ ।

बाघलाई नियन्त्रणमा लिन आहार भैँसीको पाडा राखिएको छ । तर पाडा राखिएको नौं दिन वितिसक्दा समेत बाघले खाएको छैन् । हात्तीको सहायताले बाघको खोजी गरिए पनि अहिलेसम्म फेला नपरेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।


बाघले मान्छेलाई आक्रमण गरेको ठाउँमा पाडा राखिएको छ । हात्तीलाई हरेक दिन तीन–चार पटक जंगल पठाउने गरिएको छ । बाघ खोज्ने क्रममा बाघ हिड्ने बाटो फेला परेको बन हेरालु अयोध्या थारुले बताए ।

उनले बाघको ताजा पाइला भेटिए पनि बाघ अहिलेसम्म फेला नपरेको बताए । बाघको आक्रमणबाट राप्तीसोनारीमा मात्रै पाँचजनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कांग्रेस संस्थापन पक्षको आधिकारिक उम्मेदवार हमाल

१६ फाल्गुन २०७८, सोमबार १६:१२
नेपालगञ्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेको सभापतिको लागि संस्थापन (देउवा) पक्षले सुरेन्द्रबहादुर हमाललाई आधिकारिक उम्मेदवार तोकेको छ । संस्थापन पक्षबाटै दुईजना बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमाल उम्मेदवार भएपछि हमाललाई अधिकारिक उम्मेदवार तोकेको कांग्रेस निकट स्रोतले जनायो । नेपाली काँग्रेस पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बाँकेका केन्द्रीय सदस्य […]