ती मान्छेहरुको बेग्लै संसार थियो
भोकले श्रीङ्गारेको अनुहार थियो ।।
टक्क अडिए अनि आफैलाइ प्रश्न गरे
के मेरो देशमा पनि सरकार थियो र ।।
नफरत संगालेनी मेरा लागि तिमिले
तिम्रो लागि यो मुटुभरी प्यार थियो ।।
जसलाइ भाग्यले ठगि रहेको छ
त्यही अभागिको ठुलो निधार थियो ।।
आमाहरुलाई यो देशमा यस्तो सौगात मिल्छ
बन्द बाकसमा छोरो उपहार थियो ।।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2023/10/Ntc-add-1-.jpg)
विदिर्ण बिबेक
सितापुर ३, बाँके
९८६०५६४०७७