सिद्धार्थ कटेजमा अब स्वादसंगै संगीत पनि

८ चैत्र २०७३, मंगलवार १७:२६
 

सरदरलाइनडटकम 
८ चैत , नेपालगन्ज : सिद्धार्थ कटेज नेपालगन्जले चैत ११ गतेदेखि हरेक शुक्रबार साँझ सिद्धार्थ गजल साँझ सुरु गर्ने भएको छ । कटेजले आफ्ना ग्राहकहरुलाई आफ्ना परिकारहरुको स्बादसंगै संगीत पनि प्रदान गर्ने उद्देश्यले शुक्रबार साझ ६.३० बजेदेखि ९.३० बजेसम्म नेपाली र हिन्दी भाषाका गीत र गजलहरु समाबेश गरी गजल साँझ सुरु गर्न लागेको हो ।
गजल साझमा नेपालगन्जका चर्चित गायकहरु दिपक सल्मानी, बैणमी शर्माका साथै किबोर्डमा पुर्ण थापा कङोमा भरत थापा, ड्रममा समिर गुरुङ र गीतारमा समिर श्रेष्ठ सहितका कलाकारहरुको सामुहिक प्रस्तुती हुने गजल साझ कार्यक्रमका संयोजक सुन्दर गुरुङले जानकारी दिए ।
शान्त र पारिबारिक बाताबरणमा स्बादिष्ट परिकारहरु उपलब्ध गराउदै आएको सिद्धार्थ कटेजले आफ्नो सेवालाई थप प्रभाबकारी बनाउदै जाने क्रममा गजल साँझ सुरु गर्न लागेको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका महासचिब मुक्तिराम भन्डारीले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सम्पत्ति र ज्यानको सुरक्षा खोज्दै ६१ वर्षिया बृद्धा अड्डा–अड्डा धाउदै

८ चैत्र २०७३, मंगलवार १७:२६
सदरलाइनडटकम   ९ चैत, नेपालगन्ज : लामो समयदेखि जोतभोग गर्दै आएको ऐलानी जमिनको कारण आफन्तबाट ज्यान जोखिममा परेको भन्दै ६१ वर्षिया बृद्धा सुरक्षाका लागि विभिन्न अड्डा धाउन थालेकी छन् । साविक बसुदेवपुर–१ आलानगर हालको नेपालगन्ज उप–महानगरपालिका–२० मा २०४० सालदेखि एैलानी जमिन जोतभोग गर्दै आएकी ६१ वर्षिया तिली दमाईले आफुले जोत्दै […]