मासिक गजल गोष्ठी नेपालगञ्जमा सम्पन्न

सदरलाइन संवाददाता २४ पुष २०७८, शनिबार १५:२४
 

नेपालगञ्ज : हरेक महिनाको अन्तिम शनिवार हुने उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्जको महेन्द्र पुस्तकालयमा शनिवार सम्पन्न गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित गोष्ठीमा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।

आदिल सर्वर नेपालीको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठी नेपालगञ्जका उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना अन्सर नेपालीले गजल कार्यक्रम सञ्चालन गरेका थिए ।


गोष्ठीमा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, अवधी साँस्कृतिक बिकास परिषदका अध्यक्ष सच्चिदानन्नद चौवे, सैय्यद असफाक रसूल हाशमी, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, अन्सर नेपाली, मेराज अहमद (हिमाल), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद यूसुफ आरफी लगायतले आ–आफना गजल वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार बाँकेमा बाघले फेरी मान्छे खायो

२४ पुष २०७८, शनिबार १५:२४
नेपालगञ्ज : बाँकेमा फेरी बाघले मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३२ बर्षीया चाँदनी थारुलाई बाघले खाएको हो । सदाबहार सामुदायिक बनमा घाँस दाउरा गर्न गएको ६–७ जनाको टोलीमध्ये थारुलाई बाघले शनिवार पौने १२ बजे झम्टेर लगेको थियो । साथीहरुले भागेर गाउँमा बताएपछि प्रहरीको टोली र […]

सम्बन्धित