म एक मान्छे नै हुँ
जसरी तिमी हौ
त्यसरी नै उनी हुन्
र एकताबद्ध बनौ।
म त त्यो हैन
जो तिमी चाहन्छौ।
यो पनि हैन
जो तिमी देख्दछौ।
म आफैमा सिमित छु
जो तिमी देख्दैनौ
जो तिमी भेट्दैनौ।
म त तिम्रो विपरित
कसरी तिमी खुसी हुन्छौ।
म त यहि भन्छु
जुन कुराले मलाई साथदिन्छ।
म त त्यहि गर्छु
जुन कामले मेरो मन मान्छ।
अँ, म तिमी जस्तो हैन
मसँग त्यतिनै कुरा छन्
जो सबै मानवमा छन्।
किनकि
म त कवितामा रमाउने मान्छे
म त शब्दलाई माया गर्ने मान्छे
अक्षरहरू बटुल्ने मान्छे
र शुन्दर कुरा बुनिदिने मान्छे
तिमीले सोचेका कुरा दिन नसक्ने
तर सिङ्गो जगतलाई माया दिने मान्छे
आउ कुरा गर मन भुलाउ
तिम्रो मनको कुरा सुनिदिने मान्छे
थाहा छ तिमीलाई
मलाई अक्षर र शब्दहरूले कवि भन्थे।
– ओमबहादुर बगाले थापा
म्यान्मार बर्मा
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)