खेल हारे पनि दर्शकको मन हारेन

२९ फाल्गुन २०७३, आईतवार १०:१२
 

विनोद अधिकारी/सदरलाइन    
२९ फागुन, काठमाडौं : छुट्टीको दिन, फुर्सदको समय अनि थुप्रै कामहरु थाति राखेर नेपाली दर्शक शनिवार घरेलु टोलिलाई खेल जिताउन एका विहानै किर्तिपुर क्रिकेट ग्राउन्ड पुगेका थिए । हजारौं दर्शक सिमसिमे पानीका वावजुत त्यसलाई कुनै प्रवाह नगरी हिलाम्मे मैदान स्थल पुगेका थिए । १५ हजार टिकट अघिल्लो दिनमै सकिएछि टिकट लिन छुटेका दर्शक समेत खेल हेर्ने चाजोपाजो मिलाउन व्यस्त देखिन्थे । विहान साढे ९ वजे सुरु हुने भनेको खेल वर्षा वाधक वनेपछि झन्डै २ घण्टा ढिलो सुरु भएको थियो । तुलनाम्मक रुपमा नेपाल भन्दा वलियो मानिएको केन्या विरुद्द नेपाली टोलीलाई जित हात पार्न केहि नयां रणनिती अपनाउनु स्वभाविक थियो, साथै कप्तान पारस खड्का मैदान उत्रन असमर्थ भएसंगै नेपाली टोलीको केन्यासंगको भेट त्यति सहज भने थिएन । खेलमा टस हार्नु अनि पहिले व्याटिगंको निम्तो पाउनु टोलीका लागि फलदायी भएन ।
डिएल मेथड अनुसार केन्याले पाएको ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । सुरूवातमा बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथड अनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि खेलको बीचमा वर्षा भएपछि केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो, फलस्वरुप पाहुना टोलीले ५ विकेट गुमाएर लक्ष्य भेट्यायो ।
अन्तत नेपाली त्रिकेट टोली केन्यासंग ५ विकेटले पराजित पराजित भयो तर दर्शकको मन भने पराजित भएन । खेललाई औधी मन पराउने नेपाली खेलप्रेमि दर्शक मैदानमा अन्त्यसम्म नेपाली टोलीको हौसला वढाउन लागिनै रहे । खेल हेर्न प्रत्ययक्ष मैदान पुगेका सिन्धुलीका क्रिकेटप्रेमि रमेश सिहंले खेलमा पारस नभएकाले टोली हार्न पुगेको वताए । किर्तिपुर नयावजारका निराजन श्रेष्ठले भने, टोलीको वलिगं राम्रो भएपनि व्याटिगं भने चित्तवुझदो नभएको प्रतिक्रीया दिए ।
यस्तै नेपाली क्रिकेट टोलीका प्रशिक्षक टमाटाले भने खेलमा वर्षा वाधक भएकाले आफ्नो टोली पराजित हुन पुगेको वताए । मैदानस्थलमा नेपाली दर्शक त थिएनै त्यसका अलवा केहि विदेशी दर्शकहरुलाई पनि देख्न पाईयो । क्यानडावाट पहिलो भ्रमण स्वरुप नेपाल आएका स्टिभ साम पनि नेपाल र केन्याविचको खेलको मज्जा लिहीरहेका थिए ।
उनले दर्शकको घुईचोलाई ईगिंत गर्दै भने, नेपाली वास्तवमै देशप्रेमि छन् अनि खेललाई समर्थन जनाउने तरीका उनिहरुलाई मज्जैले थाहा भएको प्रतिक्रीया दिए । खेलपछिको प्रतिक्रियामा केहि दर्शकले अझै पनि आफुहरुको आशा जिवीतै रहेको र दोस्रो खेलमा पनि नेपाललाई उत्तीकै हौसला प्रदान गर्नका लागि मैदान पुग्ने प्रतिक्रीया दिए । नेपालले केन्यासंग अव दोस्रो तथा अन्तिम खेल सोमवार खेल्नेछ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा. लोहनीद्धारा राप्रपा परित्याग, नयाँ पार्टी खोलेर चुनावमा भाग लिने घोषणा (विज्ञप्तीसहित)

२९ फाल्गुन २०७३, आईतवार १०:१२
सदरलाइनडटकम     २९ फागुन, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आईतबार आजैबाट राप्रपा परित्याग गरेका छन् । डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आजैबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व […]