कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ४ बैशाख २०७८, शनिबार १४:४०
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दाङको नारायणपुरकी ३७ वर्षीया महिलाको शनिवार विहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

चैत २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारमा रहेका बाहिरी जिल्लाका ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Next Post

कोहलपुर दुर्घटनाका मृतकको पहिचान खुल्यो

४ बैशाख २०७८, शनिबार १४:४०
कोहलपुर (बाँके) : कोहलपुरमा शुक्रबार बेलुका भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिप्पर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो । सनाखत हुनेहरुमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक […]

सम्बन्धित