स्ववियू निर्वाचनको विषयमा कालिकोटमा झडप, चार घाइते, निर्वाचन अधिकृतलाई कालो मोसो

१६ फाल्गुन २०७३, सोमबार ११:३२
 

सदरलाइनडटकम 
१६ फागुन, कालिकोट : आगामी १८ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका बिषयमा भएको विबादले कालिकोटमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । सो झडपमा परी चार जना विद्यार्थी घाइते भएका छन ।
नेबिसंघ र अनेरास्वावियुबीच नन्ददेवि वहुमुखि क्याम्पसका प्राध्यापक तथा स्वबियु निर्वाचनका निर्वाचन अधिकृत रत्नसिहं साउदलाई कालो मोसो दलेपछि बिवाद उत्पन्न भएर झडप भएको हो ।
झडपका क्रममा अनेरास्ववियुका मदसिहं गम्भीर घाइते भएका छन । साथै दोहोरो ढुङ्गा हानाहान हुदा अखिल क्रान्तिकारीका सदस्य थिर्पु–५ का मन्दीरराज रोकाया, अनेरास्ववियुका नविन शाही लगाएत चार जना घाइते भएका हुन । घाइतेहरु मध्य गम्भीर घाइते सिहंको जिल्ला अस्पताल र अन्यको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
नन्ददेवि वहुमुखि क्याम्पसका निर्वाचन अधिकृत साउदले एकलौटी रुपमा अखिल क्रान्तिकारीको प्यानलाई निर्वाचन हुनु तीन दिन अगावै घोषणा गरेपछि आक्रोसित अनेरास्ववियु र नेविसंघका कार्यकर्ताले माओवादी केन्द्र निटक एकिकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष साउदलाई प्रतिमा चोकमा उभाएर कालो मोसो दलेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एपीएफ, पुलिस, आर्मी र ईण्डेन रेल्वे सेमिफाईनलमा प्रवेश

१६ फाल्गुन २०७३, सोमबार ११:३२
सदरलाइनडटकम  १६ फागुन, नेपालगन्ज : प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले आयोजक मध्यमश्चिमाञ्चललाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको प्रतिद्धन्द्धी एपीएफसंगै नेपाल पुलिस क्लव भिड्ने भएको छ । नेपालगञ्जको कर्भडहलमा सोमवार भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई तथा एपीएफले नेपाल आर्मीलाई समान ३–० […]