मानसरोवर उद्यानको मुख्यमन्त्री पोखरेलद्वारा शिलान्यास

५ फाल्गुन २०७६, सोमबार १८:४०
 

सदरलाइनडटकम,
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६, लालपुरस्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहको जंगल हाताभित्र निर्माण हुन लागेको मानसरोवरको प्रतिकात्मक स्थलसहितको बोटानिकल गार्डेन (वनस्पति उद्यान)को शिलान्यास गरिएको छ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सोमवार मानसरोवार उद्यानको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानीय सरकार प्रतिवद्ध हुनुपर्ने बताए । स्थानीयहरूको प्रत्यक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पुर्णता पाउने बताउँदै मुख्यमन्त्री पोखरेलले आतिथी सत्कारमा विशेष ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले यो स्थानलाई बोटानिकल पार्क बनाउनका लागि ठाउँ छनौट गरि काम पनि शुरु गरिसकेकोले आफू प्रदेश सरकारप्रति कृतज्ञ भएको बताए । उनले यो योजनाको लागि आवश्यक परे आर्थिकदेखि सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सरकारबाट बिनियोजित रकम मध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष ०७६÷७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत राज निर्माण निर्माण सेवा नेपालगञ्जसँग १ करोड ६ लाख ८ हजार २ सय ९१ रुपैयाँमा २०७६ पौष २४ गते सम्झौता भई २०७७ असार २५ गतेसम्म निर्माण सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल अधिकृत मोहन श्रेष्ठले बताए ।

Next Post

कैदीबन्दीलाई खेल सामग्री सहयोग

५ फाल्गुन २०७६, सोमबार १८:४०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले कारागारमा रहेका कैदीबन्दीका लागि खेलकुदका सामग्री सहयोग गरेको छ । नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले सोमवार कारागार कार्यालय नेपालगञ्जमा कैदीबन्दीहरुलाई जिम र ब्याडमिन्टन सेट हस्तान्तरण गरे । कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गर्दै खेल सामग्री हस्तान्तरण गरिएको मेयर राणाले बताए । कैदीबन्दीले गरेको आग्रहमा उपमहानगरपालिकाले करीब एकलाख […]

सम्बन्धित

ताजा अपडेट