राप्तीमा पक्की तटवन्ध निर्माणमा जोड

१६ असार २०७३, बिहीबार १३:४२
 

१६ असार, नेपालगन्ज : हरेक वर्ष राप्ती नदीमा आउने बाढीको रोकथामका लागि पक्की तटवन्ध निर्माण नै बचाउको भरपर्दो विकल्प हुने सम्वद्धहरुले बताएका छन् । वर्षेनी आउने बाढीले जनधनको क्षती पु¥याइदा पनि उचित निकास खोज्न नसकिएको भन्दै बाढी पीडित तथा सम्वद्ध अधिकारीले राप्ती नदि दुवै किनारमा पक्की तटवन्ध निर्माणमै जोड दिएका हुन् ।
सम्वाद समूह बाँकेले बाढीको प्रभाव र निकासका सम्वन्धमा सरोकारवालासँग नेपालगन्जमा आयोजना गरिएको एक अन्तरक्रियामा बोल्ने वक्ताले बाँकेको पुर्वी भेगमा बहने राप्ती नदिमा आउने बाढीले डुवान, कटान र पटान लगायतका अनेकन समस्या निम्त्याई रहदा पनि सरकार र सम्वद्ध निकायको ध्यानाकर्षण हुने गरी अन्तरक्रियाको आयोजना गरिएको हो ।
जिल्ला दैवि प्रकोप उद्धार समिति बाँकेका अनुसार राप्तीमा ०७१ सालमा आएको बाढीले ३ हजार दुई सय १२ घर धुरीमा पूर्ण क्षती पु¥याएको छ भने ९ हजारमा आंशिक क्षती पु¥याएको थियो । अहिले सम्म १५ जनाको ज्यान जानुका साथै ५ जना वेपत्ता रहेका छन् ।
राप्ती नदिमा आउने बाढीले होलिया, बेतहनी, गंगापुर, मटेहिया, फत्तेहपुर, लक्ष्मणपुर, बनकट्टी लगायत गाविसका दर्जनौं गाउँ डुवानमा पर्दछन् । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राप्ती बाढीबाट उत्पन्न तत्कालिन समस्या सम्वोधन गर्ने गरिदै आइए पनि दिर्घकालिन उपाय खोजीनुपर्नेमा जोड दिए ।  उनले राप्ती नदी नि

index

यन्त्रणका लागि छुटटै आयो

जना स्थापना गरिनुपर्ने आवश्यक्ता औल्याउदै

बाढीबाट हुने क्षती न्यूनीकरण, उद्धार तथा राहतमा

आवश्यक पुर्व तयारी गरि सकिएको जानकारी दिए ।

कुसुम इप्रकाबाट बाढी मापनको दैनिक रिपोर्ट लिने

गरिएको जनाउँदै उनले ३ सय ५० परिवारलाई पुग्ने गरि


गंगापुरमा गैर खाद्य सामागी स्टोर गरिएको पनि बताए ।
बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राइले दक्ष जनशक्

ति, प्रयाप्त वजेट विना पनि बाढी

पीडितको उद्धारका लागि हरेक प्रहरी यूनिटमा आवश्यक सामाग्री सहित प्रहरी तयारी अवस्थामा राखीएको जानकारी दिए ।

स्थानीय विकास अधिकारी

जिवलाल भुसालले बाढीबाट हुने क्षती न्यूनीकरणका लागि जिल्ला विपद व्यवस्थापन समितिले ५ वर्षे योजना ल्याएको जनाउँदै बन विनाश चुरे दहन रोकथाम गर्दै पुर्वाधार विकास गर्नमा जोड दिए ।
लक्ष्मणपुर बाँध संघर्ष समितिका संयोजक एवं बाढी पीडित जगदिश वहादुर सिंहले बाढी पीडितलाई राहत है

न अव उचित पुर्नवास र नदि नियन्त्रणका लागि दुवैतिर तटवन्धको व्यवस्था गर्न माग गरे ।
मटेहियाका बाढीपीडित एवं काँगे्रस क्षेत्र नम्वर २ का सभापति रामचन्द्र मौर्यले राप्ती नदि यसपाली फत्तेहपुर खल्ला झगडियाबाट सिंगहैया खोला तिर मोडिएकाले सो नियन्त्रण नगरिए मटेहिया, फत्तेहपुर, गंगापुरका १८ गाउँ डुवानमा पर्ने चिन्ता व्यक्त गरे
होलियाका स्थानीयवासी एवं राजनतिकिर्मी विजय यादवले बाढी पीडितको उचित वसोवासका लागि गरिएका यस अघिका सिफारिश कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे । जनताको तटवन्धका प्रतिनिधि गोकर्ण चन्दले समयमै वजेट निकासा नहुदा अपेक्षित नदी नियन्त्रण कार्य गर्न नसकिएको स्वीकारे ।

राष्टिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बाढीले बाँच्न पाउने अधिकार हनन भएको भन्दै मानवीय संकट टानु पर्ने सवैको उत्तरदायित्व भएको बताए । सम्वाद समूह सहजकर्ता शुक्रऋषि चौलगाईले सहजकिरण गरेको कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख पुष्पराज गर्तौला, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी प्रतिनिधि निरञ्जना मल्ल, फियानका क्षेत्रीय संयोजक सुरेश गौतम, पुनरावदेन वारका पुर्व उपाध्यक्ष प्रहलादबहादुर कार्की, गैसस महासंघ बाँकेका निबर्तमान अध्यक्ष प्रभात ठकुरी लगायतले आवश्यक सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ८ गाविसमा संचालित स्वास्थ्य परियोजना सम्पन्न

१६ असार २०७३, बिहीबार १३:४२
सदरलाइनडटकम १६ असार, नेपालगन्ज : सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालनमा रहेको ‘रिचिंग द अनरिच परियोजना’ ले बाँकेका ८ गाविसमा रहेका स्वास्थ्य संस्थाहरुको क्षमता बढाउनुुका साथै  सिमाकृत समुदायका महिलाहरुको पहुँच समेत बृद्धि गर्न सफल भएको पाईएको छ । बाँके युनेस्को क्लबद्धारा कार्यक्रम सञ्चालनमा ल्याईएका जिल्लाका ८ वटा गाविसमा संचालित सो परियोजनाको […]