नेपालगञ्ज उपमहानगरले ५० शैयाको आइसोलेशन बनाउँदै

सदरलाइन संवाददाता १२ बैशाख २०७८, आईतवार १७:२१
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ ।

नयाँ आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहज होस् भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैयाको कोरोना आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ ।

नेपालगञ्जकी उप–प्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य भोलीदेखि नै सुरु भइ एक हप्ता भित्र सम्पन्न भइसक्ने बताएकी छन् ।

उक्त ५० शैयाको अक्सिजनसहित आइसोलेसन नेपालगञ्ज २० स्थित व्हाइट हाउसमा बनाउन लागिएको उप–प्रमुख थापा मगरले बताइन् ।


आइसोलेसनमा डाक्टरसहित स्वास्थ्कर्मीको टोली खटाइने भएको छ । उपमहानगरपालिका आफ्नै लगानीमा उक्त अक्सिजनसहित आइसोलेसन बनाउन लागेको हो ।

यसका साथै नेपालगन्जको कोरोनाको अवस्था बारे प्रदेश र संघीय सरकारसग थप मदतका लागि ध्यानाकर्षण गराइने उप–प्रमुख थापा मगरले जानकारी दिएकी छिन् ।

उपमहानगरपालिकाले नेपालगञ्ज भित्रका होम आइसोलेसनमा कोरोना संक्रमितकोहरुको डाटा तयार गरि अनुगमनसमेत गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुप्ताद्वारा २० थान अक्सिजन सिलिन्डर सहयोग

१२ बैशाख २०७८, आईतवार १७:२१
नेपालगञ्ज : कोरोना महामारीका उपचार गर्न बेड तथा अक्सिजनको अभाव भएपछि जिल्लामा सहयोग गर्ने दाताहरूले सहयोगको हातहरु बढाई राखेका छन् । यसै क्रममा भेरी अस्पतालमा बिरामीलाई उपचार गर्न सहज होस भन्नका लागि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि अतुलकुमार गुप्ताले २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । नेपालगञ्ज त्रिभुवन चोकस्थित केक […]

सम्बन्धित