साईली क्रेज, गायक रानालाई उनको जन्मथलोवाट शुभकामनाको ओईरो

९ फाल्गुन २०७३, सोमबार १२:०३
 

विनोद अधिकारी/सदरलाइन  
९ फागुन बर्दिया : सुन साइंली, साइंली परदेशवाट म आउंला सुन साइंली साइंली चालीस कटेसि रमाउंला केटाकेटिदेख तन्नेरी अनि महिलादेखि बृद्धबृद्धासम्म सवैले औधी रुचाएको गीत हो यो ।
बर्दिया ववई नगरपालीका–३ कर्मलामा जन्मिएका गायक हेमन्त रानाको आवाज रहेको यो गीतमा विदेशमा रहेर काम गर्ने आम नेपालीले घरमा आफन्त अनि प्रियको सम्झनामा कस्ता खालका पीडा अनि योजना वनाउछन् भन्ने खालका कुरालाई यर्थाथ चित्रण गरेको छ ।
देशमा रोजगारीको अवस्था नभएपछि विदेशिन वाध्य आमा युवाको कथावस्तुलाई समेटीएको यो गीत सुन्दा र हेर्दा जो कसैलाई एकछिन भावुक वनाउंछ । अहिले यो गीत हरेकका मुखमा झुन्डिएको छ । युट्युवमा अपलोड भएको एक सातामै अहिले ४२ लाख दर्शखले हेरीसकेका छन् । शव्दसहित संगितको धुनपनि श्रोताले मन पराएका छन् ।
‘मेरो आफ्नै कथा झै लाग्यो,– भर्खरै मलेशियावाट फर्किएका बर्दियाका कृष्ण लामिछानेले वताए । विदेश हुंदा घरपरिवारको औधी माया लाग्ने गरेको र यो गित सुन्दा त झन आफुलाई समाल्न नै अति गारो भएको उनको प्रतिक्रिया छ । जसरी गीतमा गायक हेमन्त रानाले स्वर भरेका छन् । त्यसैगरी यो गितका नायक गौरव पहाडि र मेनुका प्रधान भिडियोमा आम मान्छेकै कथा भनीरहेझैं लाग्छन् ।
गीतले नया र पुराना दुवै पुस्ताका दर्शकश्रोताको मन छोएको छ । युट्युवमा गीत हेर्दै सुनेपछि लेखिएका प्रतिक्रीया पनि मार्मीक छन् ।
एकदिन अघि गीत हेरेका तारा केसि लेख्छन् । मन छुने गीत, गौरव र मेनुकाको अभिनयको जति प्रशंसा गरेपनि कम हुन्छ वाह !, हेमन्त र सम्पुर्ण टिम ।
कुवेतमा कार्यरत दागं घोराहीका श्रिधर अधिकारीले विरक्त पोखेका छन् । गीतको भिडीयो हेरेपछि मन समाल्नै सकिन ,झन आफ्नो ज्यानभन्दा प्यारी श्रिमतीको यादले रुवायो । गीत सुन्नेको मात्र होईन, संगीत संयोजन गरेका कालीप्रसाद वास्कोटाको भनाई पनि यस्तै छ ।
सवैको मन छोएको छ साइंलीले वास्कोटा सुनाउंछन् तर देशमै रोजगारीको वातावरण वन्न नसकेको पनि मन  छोए  हुन्थ्यो उनले थपेका छन् । जे होस गीतको चर्चा जसरी देश तथा विदेशमा भैरहेको छ , त्यसरी नै गायक हेमन्त रानाको जन्मथलो बर्दियामा पनि उनलाई प्रशंसाका शुभकामनाहरु आईरीरहेका छन् ।
बर्दिया भुरीगाउंमा एक मोवाईल पसल चलाएर वसेका विष्णु पौडेलले गीत वास्तवमै उत्कृष्ट रहेको र दिनमा १० देखि ५० जनासम्मलाई मोवाईलमा आफुले यो गीत हालिदिने गरेको अनुभव सुनाए । यस्तै यहांका स्थानीय रेडियो एफएमहरुका कार्यक्रमहरुमा पनि यो गीतको रोजाई अति नै भईरहेको रेडियो टाईगरकि कार्यक्रम प्रस्तोता भिमा कडेल वताउंछिन् ।
साईलिका गायक रानालाई उनका शुभचिन्तकहरुले प्रत्ययक्ष होस या अप्रत्ययक्ष , शुभकामना दिईरहेका छन् । उनको कामको प्रशंसा गर्दै सम्पुर्ण टिमलाई धन्यवाद पनि दिएका वर्दियावासिले हेमन्तको सांगीतिक करीयरको सफलताको कामना समेत व्यतm गरेका छन् । पक्कै पनि हेमन्त रानाको यो गीतले नेपाली समाजको वास्तविक चित्रण त गरेको नै छ यसका अलवा नेपाली गीतं सगितको प्रवद्र्दन विकासमा थप ईट्टा थप्ने काम गरेको छ । गीतको लागि यो भिडियो लिङ्क हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

९ फाल्गुन २०७३, सोमबार १२:०३

सम्बन्धित